लुम्बिनी प्रदेशमा २२ दलको जमानत जफत
शनिबार, पुस २, २०७९
पाल्पाको पर्यटन क्षेत्रमा साहसिक खेलका गतिविधि बढ्दो
शनिबार, पुस २, २०७९
काठमाडौंका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए ।
नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु
शुक्रबार, पुस १, २०७९
नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।
गिद्धको सङ्ख्या घटेकामा चिन्ता
शुक्रबार, पुस १, २०७९
पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ । पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध संरक्षण सम्बन्धी क्षमता विकास तालिम’मा ‘प्रकृतिका कूचीकार’ उपनामले परिचित गिद्धको सङ्ख्या घटेकामा चिन्ता व्यक्त समेत गरियो ।
चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह
शुक्रबार, पुस १, २०७९
देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।
पर्यटनको केन्द्र बन्दै ‘चुलीडाँडा वन’
शुक्रबार, पुस १, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ‘ढोलीमारा चुलीडाँडा’ कवुलियती वनमा पछिल्लो समय घुम्न आउनेको भीड लाग्न थालेको छ । चुलीडाँडाले युवायुवतीदेखि पाकाहरूलाई समेत तान्न थालेको हो । यहाँबाट लोभलाग्दो हिमशृंखला र अन्य ठाउँको दृष्य देखिनुका साथै विभिन्न जडिबुटी, जनावार, पक्षीको अवलोकन गर्न पाइन्छ ।
पाल्पा पूर्वखोलाको आफ्नै लोगो
शुक्रबार, पुस १, २०७९
जिल्लाको पूर्वखोला गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो । प्रस्ताव आÞवानसँगै लोगो बनाउन चार जनाले प्रस्ताव पेस गरेका थिए ।
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि परीक्षण
शुक्रबार, पुस १, २०७९
गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जंगलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् ।
मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी
बिहीबार, मंसिर २९, २०७९
राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो ।
प्रधानमन्त्री देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस
बिहीबार, मंसिर २९, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् ।
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरे ।
स्वास्थ्य बिमाको सकस, गुल्मीमा छैन सेवा लिन सहज
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ । अनि बल्ल...
लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ
बुधबार, मंसिर २८, २०७९
लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा कार्य प्रारम्भ भएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।


