Shittalpati
पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सोही वडाको पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको घर नजिकै रहेको नेप्टा भीरबाट लडेर मृत्यु भएको हो ।

बलाल मंगलबार विहान नेप्टा भीरबाट लडी मृत अवस्थामा भेटाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै प्रहरीचौकी बल्डेंगढी र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको प्रहरी टोलीले प्रारम्भीक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेन ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update