Shittalpati
घाइतेहरुको अवस्था बुुझ्न अस्पतालमा काँग्रेस सभापति श्रेष्ठ

पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा भएको बस दुर्घटनाका घाइतेहरुको अवस्था बुुझ्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, जिल्ला सचिव सुुनिता अधिकारी, पार्टी प्रवक्ता शोभाखर न्यौपाने लगायतका नेताहरु ।

बुटवलका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुको अवस्था बुझ्न काँग्रेस नेताहरु अस्पताल पुगेका छन् । पुस २१ गते राती रुपन्देहीको सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस रैनादेवी छहरा–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जनाको मृत्युु हुुनुुको साथै १८ जना घाइते भएका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update