Shittalpati
पोखरामा विमान दुर्घटना

पोखरा, पोखरामा विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको विमान आइतबार पोखराको घारी पाटनमा दुर्घटना भएको हो । काठमाडौंबाट पोखराका लागि आजबिहान उडेको यतिको एटिआर विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँ गाउँ स्थित घारी पाटनमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन । स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । अहिले घटनास्थलतर्फ नेपाली सेना र नेपाल प्रहरी उद्धार खटेको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update