Shittalpati
लुम्बिनीमा मन्त्रालय घटाइयो

बुटवल, लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । यहाँ १३ वटा मन्त्रालय रहेकोमा एक मन्त्रालय घटाएर १२ पुर्‍याइएको हो ।
शपथ लिएसँगै मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्रालय संख्या घटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रालयको नाम हेरफेर र संख्या घटाएको हो ।

लुम्बिनीमा पहिलोपटक २०७४ मा सरकार निर्माण हुँदा ७ वटा मन्त्रालय थिए । मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएपछि मन्त्रालयको संख्या १३ र मन्त्रीको संख्या १७ पु¥याइएको थियो । अहिले नयाँ सरकारले १२ वटा मन्त्रालय बनाउने निर्णय गरेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update