Shittalpati
पाल्पामा पनि मनाइयो ३०१ औं पृथ्वी जयन्ती

पाल्पा, पाल्पा लगायत देशभर ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा तानसेनको शित्तलपाटीमा कार्यक्रम भएको थियो । कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शालिकमा माल्यार्पणसँगै पुष्पगुच्छा अर्पण गरिएको थियो ।

दिवसको अवसरमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै त्रिभूूवन बहुुमुुखी क्याम्पसका उपप्राध्यापक महेन्द्र पन्थीले राष्ट्रिय एकताका शुुत्रधार पृथ्वीनारायण शाहप्रति उच्च सम्मान हुुन नसकेको बताए । उनले गृह मन्त्रालयले निकालेको सार्वजनिक सूूचनामा पृथ्वी जयन्ती मात्र उल्लेख गरिएको छ तर राष्ट्रिय एकता दिवसको नाम नै उल्लेख नगरिएको प्रति आपत्ति जनाए । पन्थीले बुुधबार सरकारले दिएको विदा स्वार्थमा भएको हुन सक्ने बताए । उनले भने ‘सरकारले कतै कुनै स्वार्थको लागि मात्र विदा दिएको त हैन ? यति साच्चिकै सार्वजनिक विदा दिएको हो भने देशभर पृथ्वी जयन्तीलाई हर्सोउल्लासका साथ मनाउनुुपथ्यो ।’ पृथ्वीनारायण शाहप्रति दुष्प्रचार गर्ने गरिएको उनले बताए । नेपाललाई एकीकरण गर्न योगदान दिएका उनको राजनीतिक दलबाटै उपहास हुनुु दुःखद् रहेको पन्थीले धारण व्यक्त गरे । उनले भने ‘राष्ट्रिय एकीकरण गर्ने प्रति सम्मान गर्न किन कञ्जुस्याई ? राजनीतिक दलहरूबाटै अपमान भइरहेको छ ।’ पृथ्वीनारायण शाहकै कारण आजका दलहरूको उदय भएको पन्थीले बताए । नेपाली नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न उनले सरकारलाई आग्रह गरे । उपप्राध्यापक पन्थीले इतिहासलाई सहि प्रचार गर्नु पर्नेमा जोड दिए । उनले भने ‘नेपाली भएर अग्रजको अपमान गर्नु किञ्चित राम्रो होइन । पृथ्वीनारायण शाहको मर्म सबैले अंगीकार गर्नु पर्छ, उनको सम्मान वर्षमा एक दिन कार्यक्रम गरेर हुँदैन ।’ शाह नेपाल र नेपालीका लागि गर्व गर्न लायक पात्र भएको भन्दै राज्यमा बस्नेले समेत सकुंचित विचार त्याग्नु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुुलबहादुर कुंवरले पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिसँग मात्र जोडेर हेर्न नहुने बताए । कुंवरले राष्ट्र निर्माणमा शाहको योगदान राजनीतिक व्यवस्था भन्दा धेरै माथि रहेको धारणा व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुमन गैरेले पृथ्वीजयन्तीका दिन सरकारले दिएको विदा बर्गेनिङमा भएको बताए । उनले देशलाई एकताको शुत्रमा बाध्ने काम गरेका शाहको सबै राजनीतिक दलहरुले सम्मान गर्नु पर्नेमा त्यसो हुुन नसकेको धारण व्यक्त गरे । धर्मचन्द्र नेपालले पृथ्वी नारायण शाहको दिप्यदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको धारण व्यक्त गरे । कार्यक्रममा भिमलाल भट्टराई, राप्रपाकी जिल्ला उपाध्यक्ष माया कुमारी बज्राचार्य, सदस्य सुुदिप रेग्मी लगायतले शाहको योगदान कसैले पनि भुल्न नहुुने बताएका थिए । सोही अवसरमा तेज नारायण ढकालले पृथ्वीनारायण शाहको योगदान र उपदेश समेटिएको कविता वाचन गरेका थिए ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाह जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा पनि दिएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update