Shittalpati
पोखरा विमान दुर्घटना : ७२ यात्रु सवार

पोखरा, पोखरामा भएको विमान दुर्घटनामा चालक दलसहित ७२ यात्रु सवार रहेको बुझिएको छ । आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना र ६८ यात्रु सहित ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा विमान दुर्घटना भएको हो । घटनामा के कति क्षति भएको छ भन्ने विषयमा एकिन हुन बाँकी रहेको जनाएको छ । दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान थियो ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update