Shittalpati
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ

पाल्पा, जिल्लाको तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छन् । तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो हतियार चक्कु प्रहार गर्ने उनकै श्रीमति प्रियंका थापा पक्राउ परेकी हुन् ।

प्रियंकाले गत मंसिर १७ गते आफ्ना श्रीमान थापालाई पटक–पटक विवाद पश्चात ज्यान मार्ने उद्देश्यले पेटमा चक्कु प्रहार गरी घाइते बनाएकी थिइन । श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाएको सूचना पाउन साथ वारदात स्थानमा गएको जिल्ला प्रहरी कार्यालको प्रहरी टोलीले श्रीमति प्रिंयकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरीले उक्त चक्कु सहित उनलाई पुस २६ गते फेला पारी नियन्त्रणमा लिएको हो । अहिले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update