नेपाल प्रेस युनियन पाल्पाको सभापतिमा गहिरे
आइतबार, वैशाख ३१, २०८०
महमा मिसावट गर्ने गिरोह पक्राउ
आइतबार, वैशाख ३१, २०८०
बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ सिर्जनानगरमा महमा मिसावट गरी उपभोक्तालाई ठगी गर्ने भारतीय गिरोहलाई पक्राउ गरिएको हो ।
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा
आइतबार, वैशाख ३१, २०८०
जिल्लाको रामपुरमा रहेको रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ भएको छ । अस्पतालले यस क्षेत्रका नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा सञ्चालनमा ल्याएको हो ।
रामपुरमा एक महिने निःशुल्क लोक सेवा कक्षा
आइतबार, वैशाख ३१, २०८०
लोक सेवाको तयारीका लागि रामपुरमा निःशुल्क कक्षा सञ्चालन गरिएको छ । रामपुर नगर सरकारले लोक सेवामा सबैको पहुँच पुुर्याउने उद्देश्यले नगर भित्रका व्यक्तिहरुलाई एक महिने निःशुल्क लोक सेवाको कक्षा सञ्चालन गरेको हो ।
प्रेस युनियन रुपन्देहीमा नेपाल
शनिबार, वैशाख ३०, २०८०
नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । युनियनको बुटवलमा भएको २१ औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
गाउँले देउराली साप्ताहिकले गाउँमै गएर मनायो ३० औं वार्षिक उत्सव
शनिबार, वैशाख ३०, २०८०
पाल्पाको तानसेनबाट प्रकाशित हुँदै आएको गाउँले देउराली साप्ताहिकले गाउँमै पुुगेर ३० औं वार्षिक उत्सव मनाएको छ । पत्रिकाले पूूर्वखोला गाउँपालिका –१ ढाक्रेवास पुुगेर आफ्नो वार्षिक उत्सव मनाएको हो ।
पार्टी सिष्टमले चल्नुपर्छ : काँग्रेस सहमहामन्त्री राठौर
शुक्रबार, वैशाख २९, २०८०
पाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम व्युठानको स्वर्गद्वारीमा सुरु भएको छ । तीनदिनसम्म हुने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुुरु भएको हो ।
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले संघीयताको कारण देशको ढुुकुटी रित्तिदै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भट्टले मुुलुुकमा संघीयता महँगो बन्दै भएकाले ढुकुटी नै रित्तिने अवस्थामा पुुगेको बताएका हुन् ।
पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो
शुक्रबार, वैशाख २९, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको हो ।
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै
शुक्रबार, वैशाख २९, २०८०
सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा राष्ट्रिय पार्क सम्मेलन गरिने भएको छ ।
सुरक्षित गर्भपतनमा पाल्पाका स्थानीय सरकारको छैन नीति र कार्यक्रम
शुक्रबार, वैशाख २९, २०८०
नेपालको संविधान २०७२ ले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा व्याख्या गरेको छ । जसले तीन तहका सरकारको व्यवस्था गरेसँगै स्थानीय तह, प्रदेश र संघीय सरकार बनेका छन् । तीन तहकै सरकारमा क्रमश स्वास्थ्य शाखा, निर्देशनालय, विभाग र मन्त्रालयकै व्यवस्था छ । सबै सरकार एक अर्को सरकारसँग आपसी समन्वय र...
डढेलोले बर्सेनि पिरलो
शुक्रबार, वैशाख २९, २०८०
हरेक वर्ष जंगलमा लाग्ने डढेलोले पाल्पा र गुल्मीका नागरिकलाई पिरोल्ने गर्दछ । विशेष गरी जंगल नजिकैका वस्तीका नागरिकहरु आगो लाग्न साथ चिन्तित हुने गर्दछन् । जंगलमा लागेको आगो घरमै आउने डरले उनीहरु रातदिन चिन्तामा हुन्छ । वसन्त र ग्रीष्म ऋतु विशेष गरी डढेलो जोखिमको समय हो ।


