पाल्पामा डुबेर दुई जनाको मृत्यु
सोमबार, असार ४, २०८०
विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहोर संकलन
सोमबार, असार ४, २०८०
स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहोर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहोरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहोर संकलन अभियान थालिएको हो ।
तानसेनबाट ६६ हजार रकमसहित १० जुवाडे पक्राउ
आइतबार, असार ३, २०८०
पाल्पाको तानसेनबाट ६६ हजार भन्दा बढी जगद रकमसहित १० जुवाडे पक्राउ परेका छन् । आइतबार दिउँसो तानसेन नगरपालिका–१ भूसालडाँडास्थित एक घरबाट जगदसहित १० जुवाडे पक्राउ परेका हुन् ।
पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध
आइतबार, असार ३, २०८०
गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्
कालीगण्डकी नदीमा बेपत्ता किशोरी मृत फेला
आइतबार, असार ३, २०८०
कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी किशोरी मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका–८, भुजातस्थित कालीगण्डकी नदीमा नुुहाउने क्रममा जेठ ३२ गते बेपत्ता भएकी रामपुर –८, भुजातकी १४ वर्षीया पार्वती राम्जाली मृत फेला परेकी हुन् ।
पुल बनेपछि सकसमा ‘बोटे’
आइतबार, असार ३, २०८०
गाउँ–गाउँ पुग्नका लागि सडकका ट्रयाक खोलिए । नदी र सामान्य खोल्सामा पुल बने । दुर्गमका बासिन्दाले विकास र समृद्धिको महसुस गर्न सक्ने अवस्था आयो तर वर्षौदेखि नदी किनारमा डुंगा चलाएर जिविकोपार्जन गर्दै आएका बोटे भने थप गरिबीको दुुश्चक्रभित्र फस्दै गए । अहिले कालीगण्डकी नदीका हरेक घाटहरुमा पुल निर्माण भएका छन् ...
ब्याडमै सुक्न थाल्यो धानको बीउ
आइतबार, असार ३, २०८०
खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडी धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् । असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन...
तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्यु
शनिबार, असार २, २०८०
तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्युु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबास्थित तिनाउ खोलाको ड्यामसाइडममा पौडी खेल्ने क्रममा शनिबार गुल्मी सत्यवती गाउँपालिका–७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।
तानसेन नगर सरकारले गर्यो खानेपानी उपभोक्ता समिति विघटन गर्न पत्राचार
शनिबार, असार २, २०८०
जिल्लाको तानसेन नगर सरकारले तानसेन खानेपानी उपभोक्ता समिति विघटन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । खानेपानी उपभोक्ता समिति अवैधानिक बाटोबाट चलेको भन्दै हालको समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न नगर सरकारले खानेपानी मन्त्रालयल, खानेपानी तथा ढल व्यवस्थापन विभाग र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई पत्रचार गरेको...
पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जना कारागार चलान
शुक्रबार, असार १, २०८०
नक्कली भुटानी शरणार्की प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जना केन्द्रीय कारागार चलान भएका छन् ।
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ
शुक्रबार, असार १, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् ।
आज मगर जातिको भूमे पर्व
शुक्रबार, असार १, २०८०
मगर समुदायको प्रमुख चाड मध्ये भूमे (भुम्या) पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा...


