Shittalpati
पाल्पामा मनाइयो अपाङ्गता दिवस

पाल्पा, औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ आइतबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

जिल्लाको रामपुर नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा नगर प्रवक्ता कपिलबहादुर खाँणले अपाङ्गता भएका व्यक्तिहरुको लागि निर्माण भएका नीति र कानुन जबसम्म व्यवहारमा कार्यान्व्यन हुँदैन तब सम्म अधिकार सुनिश्चित नहुने बताए । अपा·ता भएका व्यक्तिहरुका लागि विभिन्न कानुन बने पनि सुविधा नपाउनु दुखद् पक्ष रहेको उनले उल्लेख गरे ।  खाँणले भने ‘फरक क्षमता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण र सम्वद्र्धनका लागि नगरपालिका प्रतिवद्ध छ ।’ उनले अपाङ्गता भएका व्यक्तिहरुले आफुलाई कमजोर नसम्झन आग्रह गर्दै दक्ष र सक्षम बन्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update