Shittalpati
बुद्ध शिक्षा प्रचार–प्रसारमा ज्ञानमाला समिति सक्रिय

पाल्पा, भजन तथा संगीतको माध्यमबाट बुद्ध दर्शन, शिक्षा, ज्ञान उपदेश तथा मार्गदशनको प्रचार –प्रसार गर्न नेपाल राष्ट्रिय ज्ञानमाला समिति सक्रिय भएर लागेको छ ।  जनतालाई शान्ति, सुखी, बनाउन ज्ञानमाला समितिले देशभरी सञ्जाल निर्माण गरी भजन तथा संगीतको माध्यमबाट देश भित्र र बाहिर बुद्ध भजनमार्फत बुद्ध शिक्षा सञ्चालन गर्दै आएको छ । 

नेपाल राष्ट्रिय ज्ञानमाला पश्चिमाञ्चल क्षेत्रीय उप–समितिले केन्द्रीय समितिका पदाधिकारीहरुसँग तानसेनमा बुद्ध भजनको अवस्था, ज्ञानमाला समितिको कार्यक्रम, बुद्ध शिक्षा प्रचार–प्रसारमा आइपरेका समस्या तथा चुनौती, आगामी दिनमा समितिले गर्नुपर्ने गतिविधी सहकार्यको बारेमा तानसेन टक्सारमा  अन्तक्र्रिया गरेको हो । 

समितिकी केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले मनलाई प्रशन्न, खुसी बनाउनु नै जीवन सफल हुनु हो त्यसैले हामीले मन वचन र कर्मलाई खुसी बनाउने एउटै उपाय बुद्ध शिक्षा भएकाले समितिले संगीत र भजन मार्फत मानिसहरुलाई जोड्ने महान अभियानमा लागेको बताईन । हाम्रो एकमात्र लक्ष्य मानव जीवनलाई सफल र सुखी बनाउनु हो त्यसैले अहिले समिति देशभरी सक्रिय रहेको अध्यक्ष श्रेष्ठले बताईन् । अन्तक्र्रिया कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष विमलबहादुर शाक्य, महासचिव इन्दमुनी शाक्यले एउटा सानो संस्थाबाट शुरु भएको ज्ञानमाला समिति अहिले देश व्यापारी रुपमा फैलिएको र हालसम्म १३१ वटा विहार आवद्धता भएको बताए । अहिले सबै मानिसले बुद्ध शिक्षाको आवश्यकता महशुस गरेका छन्, त्यसैले ज्ञानमाला समितिको महत्व पनि दिनहुँ बढ्दै गएको महासचिव इन्द्रमुनीले बताए । 

कार्यक्रममा बौद्ध धार्मिक अभियन्ता छत्रराज शाक्यले बुद्धका अर्ति उपदेश नै जीवनको मार्गदर्शन भएकाले सबैको सहयोग र सहकार्यबाट अभियान सफल हुने बताए । कार्यक्रममा महाचैत्य विहार टक्सारका अध्यक्ष मनिन्द्र प्रसाद बज्राचार्यले ज्ञानमाला समितिले बुद्ध भजन मार्फत चलाएको अभियान उत्कृष्ट रहेको बताए । ज्ञानमाला पश्चिमाञ्चल उप समितिका उपाध्यक्ष केशवलाल बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विरेन्द्रराज शाक्यले गरेका थिए । कार्यक्रममा विभिन्न किसिमका बुद्ध भजन प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update