Shittalpati
भ्रष्टचार, कुशासन र दण्डहिताका कारण लोकतन्त्रमाथि खतरा छ : कृष्ण पहाडी 

पाल्पा, मानव अधिकार तथा शान्ति समाजका संस्थापक केन्द्रीय अध्यक्ष कृष्ण पहाडीले लोकतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुन नसक्ने बताएका छन् । पाल्पामा आयोजित नागरीकहरुसँगको अन्तक्र्रियामा बोल्दै मानवअधिकारवादी नेता पहाडीले अहिले विभिन्न नामबाट लोकतन्त्र खतरामा रहेकाले लोकतन्त्रलाई बचाउनको लागि नागरीकहरुलाई सचेत बनाउन शान्ति समाजले जिल्ला जिल्लामा अभियान शुरु गरेको बताए । 

 पहाडीले लोकतन्त्र ४ किसिमबाट खतरामा रहेकाले सचेत बनाउन पुनः संस्था सक्रिय रहेको बताए । उनले भने ‘वर्तमान राजनीतिक दलका नेताहरुबाट लोकतन्त्रलाई बदनाम बनाईएको छ , नेताहरुबाट शुसासन होईन कुशासनको काम भईरहेको छ, जनताहरु वाक्क दिक्क बनेका छन् यही मौका छोपेर धार्मिक एजेण्डाको नाममा लोकतन्त्र विरोधी अभियान मौलाउदै गएको छ ।’ 
वर्तमान सरकारबाट शुसासन होईन कुशासन भ्रष्टचार मात्र भएको उनले आरोप लगाए ।  ‘सरकारी रवैयाबाट लोकतन्त्र खतरामा छ , सत्ताको लोभमा नेपाली काँग्रेस जस्तो लोकतन्त्रवादी पार्टीले हिंसात्मक पद्धतीलाई स्विकार गर्दै आएको छ यो गतिविधीबाट पनि लोकतन्त्र माथि खतरा बढेको छ’ उनले भने । अहिले विभिन्न स्थानमा जातिय द्धन्द्ध बढाएर भिड बटुल्ने काम भईरहेको पनि पहाडीले बताए ।  यस्ता गतिविधीबाट पनि लोकतन्त्र माथि खतरा रहेकाले  जनतालाई सचेत बनाउन जिल्ला जिल्लामा अन्तक्र्रिया अभियान शुरु गरेको मानवअधिकारवादी नेता पहाडीले बताए । 

टाउकोमा जुम्रा परे भन्दैमा जुम्रा मार्ने विधी गर्नु पर्‍यो तर टाउको नै काट्नु पर्छ भन्ने अभियान गलत भएको बताउँदै पहाडीले लोकतन्त्र राम्रो व्यवस्था भए पनि सञ्चालकहरु गलत मनोविज्ञानवादी भएको  आरोप लगाए  । लोकतन्त्रमा दलका टाउके नेताहरुले न्यायलय कव्जा गर्ने, सबैधानिक निकाय कव्जा गरेका छन्, प्रहरी प्रशासन कव्जा गरेका छन् यस्तो अवस्थामा कसरी शुसासन कायम हुन सक्छ त्यसैले नागरिकहरुले आवाज उठाउन मानवअधिकारवादी नेता पहाडीले जोड दिए । 

शान्ति समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण पराजुलीले नागरिक आन्दोलन सुस्ताउदै गएको लोकतन्त्रमाथी खतरा बढेकोले नागरिक समाज नै जुरमुराउनु पर्छ भनि यो अभियान शुरु गरेको बताए । अन्तरक्र्रियमा  समाजका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर रावलले लोकतन्त्रको प्राण शुसासन र सद्भाव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तक्र्रियामा जिल्लाका राजनितिक दल, पत्रकार, नागरिक समाज, सर्वसाधरणहरुले लोकतन्त्र बचाउन आफुहरुको साथ र सहयोग रहने बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update