घरमै पानीको धारा, बोकेर जोहो गर्नुपर्ने बाध्यता हट्यो
मंगलबार, वैशाख २६, २०८०
मनाइयो विश्व रेडक्रस दिवस
मंगलबार, वैशाख २६, २०८०
विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी सोमबार मनाइएको छ । ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी १६० औँ विश्व रेडक्रस दिवस मनाइएको हो । पाल्पामा पनि नेपाल रेडक्रसका शाखा, उपशाखाहरुले अभिमुखीकरण र सरसफाई जस्ता कार्यक्रम गरी यो दिवस मनाएका छन् ।
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल
सोमबार, वैशाख २५, २०८०
सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताएका छन् ।
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
सोमबार, वैशाख २५, २०८०
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।
पाल्पामा थप ५ जनामा कोरोना
सोमबार, वैशाख २५, २०८०
पाल्पामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ५ जनामा कोरोना देखिएको हो ।
प्रयोगमा आएनन् गुल्मीका १४ एम्बुलेन्स
सोमबार, वैशाख २५, २०८०
एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका हुन् ।
पाल्पामा हुने रायमाझी कूलपुजाको तयारी अन्तिम चरणमा
सोमबार, वैशाख २५, २०८०
पाल्पाको छहरामा हुने रायमाझी बन्धुहरुको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको छ । बैशाख २७ गते हुन लागेको कूल पुजाको तयारी अन्तिम चरणमा पुगेको हो ।
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु
आइतबार, वैशाख २४, २०८०
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
ओझेलमा रहेको ३ सय ७७ वर्ष पुरानो ‘माण्डव्य ऋषिको मन्दिर’ प्रचार–प्रसारमा चासो
आइतबार, वैशाख २४, २०८०
माण्डव्य ऋषिको तपोभूमिको रूपमा रहेको माडीफाँटको दक्षिण दमकडामा माण्डव्य ऋषिको मन्दिर रहेको छ । जुन ३ सय ७७ वर्ष अघि स्थापना गरिएको थियो । पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाको रुपमा रहेको यो मन्दिरको प्रचार–प्रसार नहुँदा भने ओझेलमा परेको छ । मन्दिरको आफ्नै महत्व र इतिहास रहे पनि विगतका स्थानीय सरकार...
७६ जना कोरोना संक्रमित थपिए
शनिबार, वैशाख २३, २०८०
पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो ।
शिशु बुद्धलाई लुम्बिनीबाट तिलौराकोट लगियो
शनिबार, वैशाख २३, २०८०
मायादेवीले सिद्धार्थ गौतमलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतिकका रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ । लुम्बिनीमा जन्मिएका सिद्वार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतीकका रूपमा शनिबार लुम्बिनीबाट सिद्वार्थलाई तिलौराकोट दरबार लगिएको हो ।
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
शनिबार, वैशाख २३, २०८०
जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको रथ यात्रा निकालिएको हो ।
‘शिक्षा सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्छ’
शनिबार, वैशाख २३, २०८०
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वर्तमान शिक्षालाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका छन् । जिल्लास्तरीय आधारभुत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख खनालले अहिलेको शिक्षा, व्यवहारिक र जीवनउपयोगी नभएको भन्दै अब त्यसलाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका हुन् ।


