Shittalpati
पूर्वगृहमन्त्री खाणका स्वकीय सचिवसहित शरणार्थी नेता रिजाललाई  धरौटीमा छाड्न आदेश

पाल्पा, नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

त्यस्तै शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका शरणार्थी नेता टेकनाथ रिजाललाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । अदालतले  रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update