Shittalpati
छोराको कुटपिटबाट बुबाको मृत्यु

रसुवा, उत्तरी रसुवामा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

 निजले विहीबार राति मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शव रसुवा अस्पताल पुर्‍याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update