Shittalpati
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले आव २०७९/८० मा उत्साहजनक प्रगति गरेको छ । डिभिजन कार्यालयले शिक्षा, खेलकुद, सामुदायिक भवन निर्माणका काममा ८६.६ प्रतिशत सफलता प्राप्त गर्दै उत्साजनक प्रगति गरेको हो । 
गुल्मीका औषधि पसलमा अनुगमन
गुल्मीका औषधि पसलमा अनुगमन जिल्लाको तम्घासमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत विनोद खनालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल, रेसुङ्गा नगरपालिका, जिल्ला घरेलु कार्यालय र औषधि व्यवसायी संघका प्रतिनिधिहरुद्वारा पसलहरुको अनुगमन गरिएको हो ।
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान
लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् ।  रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।
तानसेनका औषधि पसलमा अनुगमन , नियमित अनुगमन नहुँदा मनपरी  
तानसेनका औषधि पसलमा अनुगमन , नियमित अनुगमन नहुँदा मनपरी   जिल्लाको तानसेनमा सञ्चालित औषधि पसलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाकोे आयोजनामा जिल्ला स्वास्थय कार्यलय, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा  र औषधी व्यवसायी संंघ, तानसेन नगरपालिका, पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरुको उपस्थिीतमा औषधि पसलहरुको अनुगमन गरिएको हो । 
तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु
तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु जिल्लाको सदरमुकाम रहेको तम्घास टेक्निकल शिक्षालयमा प्रमाणतहको एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा, हेल्थ एसिस्टेन्ट एचए र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै सो कार्यक्रम सञ्चालन हुने भएको हो ।
देशभरका फार्मेसी अनुगमन सुरु
देशभरका फार्मेसी अनुगमन सुरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।
लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ
लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । 
एक सय ४२ वन्यजन्तुको उद्धार
एक सय ४२ वन्यजन्तुको उद्धार चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । 
छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु
छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु देशका विभिन्न स्थानमा डुवेर ६ जनाको मृत्यु भएको छ । रुपन्देही, कैलाली, बर्दिया, कास्की, दाङ लगायतका स्थानमा डुबेर ६ जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१५ मधवलियाका भिम नारायण...
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग जिल्लाको मालिका गाउँपालिकाले स्थानीय आलुलाई ब्राडिङ्ग गरी बजारमा पठाउन थालेको छ । ‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको मालिकाको स्थानीय आलुको ब्राण्ड तथा प्याकेजिङ्ग गरी बजार पठाउन थालिएको हो ।
पूर्वउपप्रमुख खनालको निधन
पूर्वउपप्रमुख खनालको निधन बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको  आइतबार बिहान निधन भएको हो ।
Weather Update