Shittalpati
प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी
प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत...
आज ‘पुसे पन्ध्र’ पर्व
आज ‘पुसे पन्ध्र’ पर्व देशभर आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउन लागेका हुन् । हरेक वर्ष पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।
गुणस्तरीय शिक्षाका लागि माथागढीमा सक्षम कार्यक्रम
गुणस्तरीय शिक्षाका लागि माथागढीमा सक्षम कार्यक्रम जिल्लाको माथागढी गाउँपालिकाले सक्षम कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय शिक्षा सुधार अभियानबाट माथागढीको समग्र विकास अगाडि बढाउने उद्देश्यका साथ गाउँपालिकाले बृटिश काउन्सिलको सहयोगमा पालिकाको विद्यालय शिक्षामा चालु आर्थिक वर्षदेखि सक्षम कार्यक्रम लागु गरेको हो ।
गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार
गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । रेसुङ्गा नगर सरकारको पहलमा यहाँ हाडजोर्नी सेवा विस्तार गरिएको हो । रेसुङ्गा नगरपालिकाले हाडजोर्नी विशेषज्ञ राख्नका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि यहाँ हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । विशेषज्ञ सेवा विस्तार हुन थालेपछि भने सेवाग्राहीलाई सहज भएको छ ।
यस वर्ष धान उत्पादन बढ्यो
यस वर्ष धान उत्पादन बढ्यो यो वर्ष देशभर धान उत्पादन बढेको छ । गतवर्ष भन्दा यो वर्ष ६ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी धान उत्पादन भएको जनाएको छ ।
फेरि बढ्न थाल्यो कोरोना संक्रमण
फेरि बढ्न थाल्यो कोरोना संक्रमण नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । छिमेकी मुलुकमा संक्रमणमा बढ्दै जान थालेपछि नेपालमा पनि त्यस असर देखा पर्न लागेको हो । 
तपाईंको मास्क खोइ अभियान फेरि सुरु
तपाईंको मास्क खोइ अभियान फेरि सुरु ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् ।
पाल्पासहित लुम्बिनी प्रदेशमा चिसो बढ्यो
पाल्पासहित लुम्बिनी प्रदेशमा चिसो बढ्यो पछिल्लो केही दिन यता पाल्पासहित लुम्बिनी प्रदेशका अधिकांस जिल्लाहरुमा चिसो बढेको छ । मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको हो ।
लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने
लुम्बिनीमा ‘एमाले गठबन्धन’कै सरकार बन्ने नयाँ राजनीतिक समीकरण बनेसँगै लुम्बिनी प्रदेशको सरकार एमाले–माओवादी सहित सातदलीय गठबन्धनकै बन्ने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा यहाँ पनि एमाले गठबन्धनमै सामेल भएकाको सरकार बन्ने निश्चित देखिएको हो । तर, नयाँ बनेको गठबन्धनको अंकगणित हेर्दा प्रदेश सरकारको भागबण्डा मिलाउन एमाले–माओवादीलाई सहज भने देखिँदैन ।
नारामै सीमित मानव अधिकार
नारामै सीमित मानव अधिकार गएको एक वर्षको अवधिमा गुल्मीका सात बालिका र आठ महिला बलात्कृत भए । बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६५ वर्षकी वृद्धासमेत छिन् । स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकले उनीहरुलाई गिज्याइरहेको छ । पीडक गिरफ्तार भई पुर्पक्षका लागि कारागार चलान हुनुबाहेक उनीहरुको चित्त बुझाउने बाटो केही छैन् । उनीहरु समाजका अगाडि मरेतुल्य...
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व
‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ बारे वक्तृत्व ‘जलवायु परिवर्तनमा हाम्रो दायित्व’ शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । विश्वव्यापी रुपमा जनवायु परिवर्तनको असर देखापर्न थालेपछि विद्यार्थीहरुलाई त्यसको बारेमा जानकारी गराउने उद्देश्यले गुल्मीमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते
लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
Weather Update