Shittalpati
एमाले अध्यक्ष ओलीमाथि हातपात

धनकुटा, एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ । बिहीबार दिउँसो धनकुटाको लेगुवा भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो । स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए । प्रहरीले हातपात गर्नेलाई तत्कालै नियन्त्रणमा लिएको छ । प्रहरीले लेगुवाका महेश राईलाई पक्राउ गरेको हो ।

भोजपुरको कार्यक्रम सकेर धनकुटातर्फ गइरहेका अध्यक्ष ओलीलाई अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका उनले मुक्का प्रहार गर्ने प्रयास गरेका थिए । तत्काल ओलीका अंगरक्षक र एमाले कार्यकर्ताले रोकेका थिए । ती व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update