Shittalpati
प्रधानमन्त्रीको स्वीकारोक्ति ‘अर्थतन्त्र सुधारको अनुभूति जनताले गर्न सकेनन्’

पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान आर्थिक अवस्था सकारात्मक भए पनि त्यसको महशुस आम जनताले गर्न नसकेको स्वीकारेका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको चौंथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले कमजोरी स्वीकार गरेका हुन् ।

सरकारको अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित रहेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँमा नपुगेको  प्रधामन्त्री प्रचण्डले बताए । उनले भने, ‘तथ्याड्ढ हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ तर, व्यवहारमा आम जनतामा सुधारको अनुभूति हुन सकेको छैन, अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ ।’ प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि आफूले देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न प्रयास गरिरहेको बताए । उनले भने ‘मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बोल्ड निर्णय समेत गर्ने तयारी गरिरहेको छु ।’ हुन त प्रधानमन्त्री ‘प्रचण्डले अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णय लिने भन्दै आएको पनि धेरै समय वितिसकेको छ । उनले हरेक औपचारिक कार्यक्रमहरुमा यही कुरा दोहो¥याउँदै आएका छन् । गत असोज २५ गते नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा परेको प्रभावबारे ‘मेजर अप्रेसन’मा जानुपर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले भनेका थिए ‘बोल्ड निर्णय नगरी दबाबमा रहेको अर्थतन्त्र सुधार गर्न सकिने अवस्था छैन, अब अर्थतन्त्रको ‘र्‍याडिकल रिफर्म’ आवश्यक रहेको छ ।’ तर बोल्ड निर्णय अहिलेसम्म हुन सकेको छैन ।

अहिले पनि उनी यस्तै कुरा गर्दै आएका छन् । प्रचण्डले अर्थतन्त्र सुधार भएको दावी गर्दै आएपनि जनताले अनुभूति गर्न नसकेको कुरालाई भने स्वीकार गर्नुलाई अन्यथा मान्नुहुँदैन । अहिले पनि व्यापार, व्यवसायमा अर्थतन्त्र सुधारको अनुभूति गर्नेहरू छैनन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत नेपाली अर्थतन्त्र सुधारोन्मुख भए पनि जोखिम रहिरहेको बताएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कसिकसाउ गर्दा जोखिम रहनु र सुधारको अनुभूति उद्योग व्यापार क्षेत्रले नगर्नु र बजार शिथिल हुनुले अर्थतन्त्र गम्भीर बिरामी रहेको बुझ्न सकिन्छ । सरकारले राजस्व संकलनमा दुई दसकयताकै निराशाजनक स्थिति भोग्नु, पुँजीगत गर्न नसक्नु लगायत कारण अर्थतन्त्रमा सिधासिधी असर देखिएको छ । पछिल्लो समय बैंक ब्याजदर चर्काे भएकाले व्यापार व्यवसायमा असर देखिएको गुनासो पनि चर्कै उठेको छ । अस्थिर राजनीतिक अवस्था र दलहरू केवल सत्ताकै खेलमा रमाइरहँदा अर्थतन्त्र लथालिंग हुन पुगेको हो । आज जे जति अप्ठेरा भइरहेका छन्, तिनै सबै जड राजनीति नै हो । भुक्तभोगी जनताको चाहना पनि राजनीति सङ्लो होस् र त्यसले अर्थतन्त्रलाई सही मार्गमा डो¥याओस् भन्ने हो । तर दल र तिनका नेताहरू अर्थतन्त्र सुधारमा एकरत्ति पनि गम्भीर बन्न सकेको देखिदैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update