Shittalpati
पाल्पाको प्यारागनमा ‘लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला

पाल्पा, विद्यार्थीलाई पर्यटनको आवश्यकता र महत्वको जानकारी गराउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कूमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल टुरिजम बोर्ड, टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूट (टिआरटिआई), यूएनडीपी र जीटीटीपीको सहकार्यमा आइतबार लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विद्यार्थीहरुमा पर्यटन सचेतना एवं शिक्षालाई जोड दिर्दै विद्यार्थीहरुमाझ पर्यटन सम्बन्धित वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको  टुरिजम रिसर्चका निर्देशक मदन बरालले बताए । ७ वटै प्रदेशमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनको भनाई छ । विद्यार्थीहरु भविष्यका कर्णदार भएकाले उनीहरुलाई पर्यटन सम्बन्धित जानकारी लिन र सम्भावनाहरुको खोजी गरी भोलिका दिनमा पर्यटन व्यवसायीलाई माथि उकास्ने अपेक्षा सहित विद्यालय विद्यालयमा  पुगेर यस्ता कार्यक्रम गरिएको निर्देशक बरालले बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले लुम्बिनी प्रदेश पर्यटनको सम्भावना भएको प्रदेश भएकाले पनि विद्यालय तहबाट पर्यटन सम्बन्धी कार्यक्रम हुनु प्रशंसनिय रहेको बताए । यस्ता प्रतियोगिताले पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुर्‍याउनेमा उनले विश्वास व्यक्त गरे । स्कूूल व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईले विद्यार्थीहरु समक्ष पर्यटनका बारेमा प्रतियोगिता सञ्चालन गर्ने/गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाहरुप्रति आभार एंव धन्यवाद व्यक्त गरे । उनले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायीलाई प्रवद्र्धन गर्ने गरी विद्यालयतमा पुुगेर गरेका यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीले कितावी ज्ञानमा मात्र सिमित विद्यार्थीहरुका लागि प्रतियोगिताले पर्यटन प्रति पनि खोज अनुुसन्धान गर्न सहयोग पुग्ने बताए । उनले भने ‘हाम्रो शिक्षा प्रणालीमा प्राप्तांकले विद्यार्थीमा योग्यतताक्रम हासिल भए पनि व्यवहारिक ज्ञान नहुने हुँदा समस्या भएको छ,यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ । ’ त्रिभुवन बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख तथा प्रतियोगिताका निर्णायक मण्डल टंक प्रसाद पन्तले विद्यालय पाठ्यक्रममा पर्यटन सम्बन्धी कुराहरु समावेश हुनुपर्नेमा जोड दिए । प्रतियोगितामा केकी बस्याल प्रथम, आरती बस्याल द्वतीय र सियसी सारू तृतीय भएका छन् । उनीहरूलाई पुरस्कृत गरिएको छ । प्रतियोगीहरुले पाल्पासहित लुम्बिनीका १२ वटै जिल्लामा पर्यटकीय प्रचुर सम्भावना रहेको भन्दै तिनीहरुको उचित व्यवस्थापन गरी प्रवद्र्धन गरिनुुपर्नेमा जोड दिएका थिए । उनीहरुले घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्ब्याउनका लागि त्यस्तै खालको वातावरण सिर्जना गर्नुपर्ने, पर्यटकहरुलाई आटो, ढेडो जस्ता स्थानीय खानाहरु खुवाई नेपालीपन र स्वाद प्रदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।  

सोही  अवसरमा स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीको संरक्षकत्वमा शिक्षक भीमा कुमारी चापागाइँ संयोजक र रोसनी थापा क्याप्टेन रहने गरी ११ सदस्यीय पर्यटन क्लब समेत गठन गरिएको छ । जसको सदस्यमा विद्यार्थीहरु केकी बस्याल, अंकिता बस्याल, सितास्मा बस्याल, रेजिना पाण्डे, दिया रेश्मी, गोविन्द जर्घा, दिलबहादुर दर्लामी, आयोन गाहा रहेका छन् । प्रतियोगिताको निर्णायक मण्डलमा  त्रिभुवन बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख टंक प्रसाद पन्त र नेपाली विभागका तुुल्सीराम पोखरेल रहेका थिए । कार्यक्रममा सहभागी पर्यटन व्यवसायी धनिश्वर बस्याल, पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक तथा पत्रकार किरण कौसल लगायतले नेपालमा पर्यटनमार्फत समृद्धि र उन्नति गर्न सकिने भन्दै विद्यालय तहदेखि नै विद्यार्थीलाई पर्यटनका बारेमा जानकारी गराउन गरिएका यस्ता कार्यक्रम प्रशसंनिय रहेको बताए । स्कूूल व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, शिक्षक भीमा चापागाइँको स्वागत, शिक्षक रामु तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update