Shittalpati
पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु 

पाल्पा, पाल्पाको रैनादेवी  छहरा गाउँपालिका– २ स्थित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परी  टिपरमा सवार एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार मृत्यु हुनेमा  रिब्दीकोट गाउँपालिका –१ ख्याहाका २४ वर्षीय शिर बहादुर पालुङ्गे रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको  उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएकोमा  चेक जाँचपछि डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
टिपर आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update