Shittalpati
रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको  छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले सडक छेउबाट  एक थान  भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।

 बन्दुक कसले र किन राखेको हो भन्ने विषय खुल्न सकेको छैन् । उक्त विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update