Shittalpati
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला

पाल्पा, पाल्पाको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

मंगलबार बिहान राजमार्ग छेउको नालीमा घोप्टो अवस्थामा पुरुष मृत फेला परेको र पुरुषको हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार मृतक पुरुष बिगत केही समय देखि सिद्धबाबा मन्दिर आसपासमा मागी खाने र सोही स्थानमा बस्दै आएका हुन् । शवपोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update