मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र
सोमबार, फागुन १४, २०८०
दिउँसोमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खुला
आइतबार, फागुन १३, २०८०
दैनिक दिउँसोमा चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आइतबारदेखि खुला गरिएको छ । पहाड काट्ने काम लगभग सकिएकाले चौविसै घण्टा बाटो खुला गरिएको हो ।
भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि
आइतबार, फागुन १३, २०८०
सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
लुम्बिनी त्रि-दिवसीय त्रिपिटक वाचन हुँदै
आइतबार, फागुन १३, २०८०
अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ ।
पाल्पा जेसीजलाई चितवनमा अवार्ड
आइतबार, फागुन १३, २०८०
पाल्पा जेसीजले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको आयोजनामा चितवनको सौराहामा भएको नेशनल काउन्सिलर एकेडेमी २०२४ को अवसरमा जेसीज पाल्पा शाखाले ‘हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड फर दी मन्थ अफ जनवरी’ अवार्ड प्राप्त गरेको हो ।
आजदेखि पाल्पासहित देशैभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइदै
आइतबार, फागुन १३, २०८०
सरकारले आजदेखि पाल्पासहित देशैभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन १३ गतेबाट चैत ७ गतेसम्म देशैभर खोप अभियान सञ्चालन गर्न लागिएको हो । दादुरा, रुबेला निकै संक्रामक र प्राणघातक रोग भएका कारण यसबाट बालबालिकाको मृत्यु नै हुन सक्ने भएकाले सरकारले त्यसबाट जोगिन...
सिद्धबाबा सुरुङमार्ग निर्माण धमाधम, १० प्रतिशत बढी काम सकियो
आइतबार, फागुन १३, २०८०
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माण धमाधम हुन थालेपछि कामले गति लिएको हो ।
स्वामी लोकानन्द महाराजले गरे तानसेनस्थित शिवधामको दर्शन
शनिबार, फागुन १२, २०८०
धार्मिक गुरु तत्वदर्शी ब्रहमनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले तानसेन नगरपालिका– ५ स्थित लक्ष्मी मावी माथि रहेको ढाँडकुटीमा नर्मदेश्वर शिवलिङ्गको दर्शन गरेका छन् ।
पाल्पा जिप दुर्घटना : शोकमा मृतकका परिवार, सान्त्वना दिन घरमै पुग्यो काँग्रेस
शुक्रबार, फागुन ११, २०८०
शोकाकुल अवस्थामा रहेका मृतकका परिवारलाई सान्त्वना दिन र उनीहरुको अवस्था बुझ्न शुक्रबार नेपाली काँग्रेस पाल्पाको एक टोली उक्त गाउँमा पुगेको छ ।
तानसेनमा विद्युत आपूर्ति सहज बनाइदिन खानेपानी समितिको आग्रह
शुक्रबार, फागुन ११, २०८०
तानसेन खानेपानी उपभोक्ता समितिले विद्युत आपूर्ति सहज बनाइदिन विद्युत प्राधिकरण वितरण केन्द्र पाल्पा शाखालाई आग्रह गरेको छ । शुक्रबार समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख इन्जिनियर दिलिप मरासेनीलाई भेटेर तानसेनको विद्युत आपूर्ति सहज बनाइदिन आग्रह गरेको हो ।
अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता पठाइयो
शुक्रबार, फागुन ११, २०८०
अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
खोलामा डुवेर रैनादेवी छहराका १७ वर्षीय किशोरको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
खोलामा डुवेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङगेस्थित त्रिशुली खोलामा डुवेर रैनादेवी छहरा गाउँपालिका–५ घर भएका १७ वर्षीय सिलज रायमाझीको मृत्यु भएको हो ।
संसदमा उठ्यो किसानका कुरा
शुक्रबार, फागुन ११, २०८०
कृषि प्रधान देशका किसानहरुका समस्या सांसदहरुका लागि खासै ठूलो ‘इस्यू’ बन्दैन । वर्षौंसम्म जंगली जनावरबाट बाली जोगाउन सकसमा परेका किसान हुन वा उत्पादन भए पनि बजार नपाएर कृषि उपज खेर फाल्नु परेका किसानका समस्या किन नहुन्, यी विषयमा संसदमा कमैमात्र छलफल हुने गरेको छ ।


