रेडक्रसको अर्धवार्षिक समीक्षा
सोमबार, साउन २२, २०८०
रेल दुर्घटना पन्ध्र जनाको मृत्यु
आइतबार, साउन २१, २०८०
दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह शहरको सहारा रेलवे स्टेशन नजिकै पटरीबाट खस्दा उक्त हताहति भएको रेलमन्त्री ख्वाजा साद रफिकले पत्रकारलाई बताए ।
पाल्पामा काँग्रेस र प्रेस युनियनबिच छलफल
आइतबार, साउन २१, २०८०
नेपाली काँग्रेस पाल्पा र नेपाल प्रेस युुनियन पाल्पा शाखाबिच तानसेनमा छलफल भएको छ । नेपाली काँग्रेसका गतिविधि, पार्टी र प्रेस युनियनले खेल्नुपर्ने भूमिका लगायतका विषयमा व्यापक छलफल भएको हो ।
पर्यटनमन्त्रीको ‘इ–हुलाक सेवा’
आइतबार, साउन २१, २०८०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन् ।
‘स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुन्छ’
आइतबार, साउन २१, २०८०
प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले पाल्पाको स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले स्वास्थ्य बिमा बोर्डसँग पाल्पामा देखिएको समस्याका बारेमा छलफल भइरहेकाले छिट्टै समाधान हुने बताए ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
आइतबार, साउन २१, २०८०
आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपाल लगायत अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार यो दिवस मनाउने गर्दछन् ।
डा. भगवान कोइराला पाल्पामा पुरस्कृत
शनिबार, साउन २०, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला जन्मथलो पाल्पामा सम्मानसहित पुुरस्कृत भएका छन् । नेपाल औषधि व्यवसायी संघ पाल्पाले सातौं साधारण सभाका अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट डा. कोइरालालाई पुुरस्कृत गरेको हो ।
राज्यको नियम कानुन सबैले मान्नु पर्छ : सासंद गैरे
शनिबार, साउन २०, २०८०
प्रतिनिधीसभा सदस्य ठाकुर प्रसाद गैरेले राज्यको नीति नियम कानुन सबैले मान्नु पर्ने बताएका छन् । राज्य भन्दा माथि नत सरकार छ, नत संघ संस्था छन् नत कुनै व्यक्ति , त्यसैले राज्यले बनाएको नीति नियम कानुन सबै पक्षले पालना गर्नु पर्ने सांसद गैरेले बताए ।
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन
शनिबार, साउन २०, २०८०
पाल्पा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन गरिएको छ । तानसेनमा बसेको घरजग्गा व्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।
शिक्षित आमाहरू नै गराउँदैनन् स्तनपान
शनिबार, साउन २०, २०८०
रुपन्देहीको भैरहवामा कोठा भाडामा लिएर बस्दै आएकी कमला कार्की सरकारी जागिरे हुन् । उनले एक वर्ष अघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिएन । छोरी जन्मिएको दुई/तीन महिना त आफ्नै साथमा राखेर दूध खुवाईन तर तीन महिनापछि भने उनले परिवारको साथमा छोडेर अफिस जाने गर्न थालिन् ।
खानेपानीमा अत्यधिक ‘कोलीफर्म’
शनिबार, साउन २०, २०८०
स्याङ्जाका स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो ।


