पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण
बिहीबार, फागुन १७, २०८०
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी
बिहीबार, फागुन १७, २०८०
जिल्लाको तानसेन नगरपालिका–११, जोगीपानीमा ग्रिनेड फेला परेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै भेटिएको हो ।
बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक
बिहीबार, फागुन १७, २०८०
तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । संघीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु
बुधबार, फागुन १६, २०८०
देशका विभिन्न स्थानमा भएका छुट्टाछट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लामा भएका सवारी साधन,आगलागी र करेन्ट लागेर सात जनाको मृत्यु भएको हो ।
जनशक्तिको अभावले भिडियो एक्स–रे सेवा ठप्प
बुधबार, फागुन १६, २०८०
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा सञ्चालन हुन सकेको छैन । छत्रदेव गाउँपालिका–२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स–रे उपकरण रहे पनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताए ।
छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ
बुधबार, फागुन १६, २०८०
चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् ।
कोदोबाट बिस्कुट उत्पादन, किसान भए उत्साहित
बुधबार, फागुन १६, २०८०
पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।
अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी
मंगलबार, फागुन १५, २०८०
मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताए ।
रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम
मंगलबार, फागुन १५, २०८०
जिल्लाको रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जीवन विज्ञान सम्बन्धी जानकारी गराई जीवनलाई सुखि र समृद्ध बनाउन सक्षम बनाउने उद्देश्यल प्रवचन कार्यक्रम गरेको हो ।
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
मंगलबार, फागुन १५, २०८०
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।
आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा
मंगलबार, फागुन १५, २०८०
मगर समुदायले आज पाल्पासहित देशैभर ४२ औं नेपाल मगर संघ स्थापना एवं मगर एकता दिवस मनाउँदैछन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्
राजेन्द्र महतोले छोडे लोसपा
सोमबार, फागुन १४, २०८०
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् ।
लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन
सोमबार, फागुन १४, २०८०
लघुवित्त पीडितहरुले संघीय संसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद भवनमा बैठक सञ्चालन भइरहेको बेला उनीहरु संसद परिसरमै पुगेर प्रदर्शन गरेका हुन् ।


