लुम्बिनी प्रदेशको समृद्धिमा योजना र कार्यक्रम : मुख्य मन्त्री गिरी
बिहीबार, चैत ९, २०७९

परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
बिहीबार, चैत ९, २०७९
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।

रामपुरका किसानलाई आलु स्याहार्न भ्याइनभ्याई
बिहीबार, चैत ९, २०७९
खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आएकी उनी यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त छिन् । रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उनी अगपङ्क्तिमा छिन् ।

आज विश्व मौसम विज्ञान दिवस
बिहीबार, चैत ९, २०७९
विश्वभर आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व विज्ञान दिवस मनाउन लागिएको छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष मार्च २३ मा विश्व मौसम विज्ञान दिवस मनाइन्छ । यस दिनले मानव समाजको सुरक्षा र कल्याणमा मौसम विज्ञान र जल विज्ञान सेवाहरूको योगदानलाई पनि...

रिब्दीकोटबाट बेवारिसे व्यक्तिको उद्दार गरी अस्पतालमा उपचार हुँदै
बुधबार, चैत ८, २०७९
जिल्लाको रिब्दीकोटबाट एक जना बेवारिसे व्यक्तिको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका –३ स्थित हार्थोक–तिनगिरे सडक खण्डको हिरापोखरामा अचेत अवस्थामा रहेका एक अपरिचित व्यक्तिको प्रहरीले उद्दार गरी युनाइटेड मिसन अस्पतालमा उपचारका लागि पठाएको हो ।

सेवा विस्तार गर्दै रामपुर अस्पताल
बुधबार, चैत ८, २०७९
सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको...

आज विश्व जल दिवस मनाइदैं
बुधबार, चैत ८, २०७९
आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको हो । नेपालमा यस वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व जल दिवस मनाईदै छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन सम्बन्धी विभिन्न कार्यक्रमहरु हुने गर्छन् ।

वन डढेलो नियन्त्रण सम्बन्धी मनाइयो सप्ताहव्यापी कार्यक्रम
बुधबार, चैत ८, २०७९
वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाएको छ । हरेक वर्ष वन डढेलोका सम्बन्धी विभिन्न कार्यक्रम गरी प्रत्येक वर्ष चैत १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको हो ।

अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन
मंगलबार, चैत ७, २०७९
गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा शन्त सम्मेलन गरिने भएको छ । भारतको अयोध्या र रेसुङ्गाको पुरानो सम्बन्धलाई विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्रो साता सम्मेलन गर्न लागिएको हो ।

विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
मंगलबार, चैत ७, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् आउनु पूर्वनै यसको रोकथामको तयारी र जोखिमयुक्त स्थानमा विपद् पूर्व तयारी थाल्न ढिलाइ गर्न नहुने बताएका हुन् ।

प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत
मंगलबार, चैत ७, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए । चुनावी गठबन्धन त्यागेर एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले तीन महिनाको बीचमा दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

गुल्मीका पाँच क्याम्पसमा अनेरास्ववियुको नेतृत्व
मंगलबार, चैत ७, २०७९
जिल्लाका ११ क्याम्पसमध्ये ५ वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियूले नेतृत्व लिएको छ । सहमतिका आधारमा अनेरास्ववियुबाट मानका टिकराम क्याम्पसमा आकाश खरेल, सत्यवती क्याम्पसमा अस्मिता भण्डारी, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक र रिडी क्याम्पसमा गंगा कुंवरको नेतृत्वमा स्ववियु गठन भएको हो ।

पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
सोमबार, चैत ६, २०७९
मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।