Shittalpati
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह अविरल वर्षाका कारण पाल्पा, गुल्मीसहित अधिकांस जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण केही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् भने तराई क्षेत्रमा डुवान भएको छ । निकास नहुँदा तानसेनका सडक भएर पानी बग्दा आवागमनमा अप्ठ्यारो भएको छ ।
स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै
स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु
बस र कार ठोक्किँदा एकै परिवारका सातको मृत्यु  राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।
रिब्दीकोट गाउँपालिकाले घरमै पुगेर दियो आपाङ्गतालाई ह्विल चेयर 
रिब्दीकोट गाउँपालिकाले घरमै पुगेर दियो आपाङ्गतालाई ह्विल चेयर   जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई घरमै ह्विल चेयर दिएको छ ।  पालिकाले कुसुमखोला देविडाँडाका मोतीबहादुर लम्तरीलाई घरमै पुगेर ह्विल चेयर दिएको हो । 
सात बालबालिकाको भारतबाट उद्धार
सात बालबालिकाको भारतबाट उद्धार नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो । 
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही ,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा अशोककुमार शाही चयन भएका छन् । पार्टी सचिवालयको विस्तारित बैठकले यस अघि रिक्त रहेको अध्यक्ष पदमा शाहीलाई चयन गरेको हो । 
अविरल वर्षाले हवाई उडान प्रभावित
अविरल वर्षाले हवाई उडान प्रभावित गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।
गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेका हुन् ।
पाल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
पाल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस अन्तर्राष्ट्रिय युवा दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ :  नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराका साथ शनिबार दिवस मनाइएको हो । दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पा र रोट्रयाक्ट क्लव अफ पाल्पाको संयुक्त आयोजनामा उत्कृष्ट युवा सम्मान तथा...
पचभैया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित
पचभैया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट पाल्पाका क्रियाशिल पत्रकार देव पचभैया सम्मानित भएका छन् । 
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु
पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
Weather Update