समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
शनिबार, चैत ११, २०७९

जनगणनाको अन्तिम नतिजा सार्वजनिक,नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार
शनिबार, चैत ११, २०७९
राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नयाँ स्ववियुले सम्हाल्यो पदभार
शुक्रबार, चैत १०, २०७९
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का विद्यार्थीहरुलाई पद हस्तान्तरण गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी हरिबोल भट्टराई नेतृत्वको कार्यसमितिले नवनिर्वाचित कृष्ण अर्यालको नेतृत्वलाई पद हस्तान्तरण गरेको हो ।

प्रहरी आईजीपीमा वसन्त
शुक्रबार, चैत १०, २०७९
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो ।

पाल्पामा पनि मनाइयो विश्व क्षयरोग दिवस
शुक्रबार, चैत १०, २०७९
पाल्पासहित देशभर विश्व क्षयरोग दिवस मनाइएको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मूल नाराका साथ शुक्रबार विश्व क्षयरोग दिवस मनाइएको हो । पाल्पामा स्वास्थ्य कार्यालयको आयोजनामा अन्तक्र्रिया कार्यक्रम गरी यो दिवस मनाइएको छ । कार्यक्रममा क्षयरोग चुनौतिको विषय बन्दै गएकाले त्यसलाई रोक्न सबै नागरिकमा सचेतना जगाउनु आवश्यक...

प्रेस चौतारीको प्रदेशस्तरीय लेखा व्यवस्थापन तालिम तानसेनमा
शुक्रबार, चैत १०, २०७९
प्रेस चौतारी नेपालको प्रदेशस्तरी लेखा व्यवस्थापन तालिम तानसेनमा भएको छ । शुक्रबारदेखि लुम्बिनी प्रदेशका १२ जिल्लाका चौतारीका पदाधिकारीहरुलाई दुई दिने तालिम सञ्चालन गरिएको हो । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजना, चौतारी लुम्बिनी प्रदेशको समन्वय र होटल पौवाको सहकार्यमा तालिम सञ्चालन भएको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
शुक्रबार, चैत १०, २०७९
राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
शुक्रबार, चैत १०, २०७९
बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।

पाल्पाको माथागढीमा आफ्नै घरमा युवक मृत फेला
शुक्रबार, चैत १०, २०७९
जिल्लाको माथागढी गाउँपालिका–३ खिरैलिधारामा आफ्नै घरमा सुुतेको अवस्थामा एक युवक मृत फेला परेका छन् । विहीबार राती खिरौलिधाराका मोहन सिं थापाका २९ वर्षीय छोरा ज्ञानबहादुर थापा सुत्ने कोठामा मृत फेला परेका हुन् ।

पाल्पामा क्षयरोगका बिरामीको ग्राफ १६ वर्षदेखि उस्तै, क्षयरोगमुक्त अभियान नारामै सिमित
शुक्रबार, चैत १०, २०७९
पाल्पामा क्षयरोगीको संख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता मिल्न सकेको छैन । विगत १६ वर्षदेखिको अवस्था हेर्ने हो भने जिल्लामा क्षयरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष केही संख्या थपिएको छ भने कुनै वर्ष केही ओरालो लागेको देखिन्छ । जिल्लामा आर्थिक वर्ष २०६३/०६४ देखि अहिलेसम्म ६ हजार ३ सय २२ जनामा क्षयरोगको...

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ सरसफाई
शुक्रबार, चैत १०, २०७९
धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण र सरसफाइ अभियान सञ्चालन गरिएको हो । वालिङ नगरपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय संघ संस्था तथा स्थानीयवासीको सक्रियतामा सुरु भएको अभियान गत शनिबार...

आज विश्व क्षयरोग दिवस मनाइदैं
शुक्रबार, चैत १०, २०७९
आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैं छ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ । सन् १८८२ मार्च २४ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएसगै एकसय वर्षपछिबाट आजकै दिनलाई क्षयरोग दिवस...

राजस्व चुहावट रोक्न प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, चैत १०, २०७९
नेपालमा पछिल्लो समय राजस्व असुलीको अवस्था निकै निराशजनक देखिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट रोक्नतर्फ चासो देखाएका छन् । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन र राजस्व छली नियन्त्रण गर्न सम्बद्ध निकायलाई निर्देशन समेत दिएका छन् ।