Shittalpati
मुख्य मन्त्रालयको करिब टुंगो लाग्यो

काठमाडौं, मुख्य मन्त्रालयको करिब टुंगो लागेको छ । बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका नेतारुको बैठकमा मोटामोटी मुख्य मन्त्रालयहरूको भागबन्डामा कुरा मिलेको हो ।

जसपा अझ अनिर्णित अवस्थामा रहेपछि एमाले, माओवादी र रास्वपाका नेताले बुधबार आफ्नो दलको भागमा परेका केही मन्त्रालयहरूमा मन्त्री पठाउने तयारी गरेका छन् । स्रोतकाअनुसार एमालेले भौतिक योजना, रक्षा लगायतका मन्त्रालय लिने तयारी छ । माओवादीले अर्थ र परराष्ट्र मन्त्रालय लिने सम्भावना छ । रास्वपाले गृह, शिक्षा, श्रम र युवा तथा खेलकुद लिनेछ । बालुवाटारको बैठकबाट निस्केका नेताहरु आ–आफ्नो दलबाट पठाउने मन्त्रीहरूको नाम चयन गर्ने क्रममा छन् । तीनवटै दलले मन्त्रीको नाम पठाए बुधबारै शपथ हुनेछ । 

एमालेले गृह र अर्थ पाएको अवस्थामा विष्णु पौडेल सरकारमा सहभागी हुने तयारी थियो । तर एमालेको भागमा दुवै नपर्ने अवस्थामा उपप्रधानसहित रघुवीर महासेठले सरकारको नेतृत्व गर्नसक्ने चर्चा छ । माओवादीमा नारायणकाजी श्रेष्ठ परराष्ट्र र अर्थमा वर्षमान पुनको चर्चा छ । रास्वपामा सभापति रवि लामिछाने उपप्रधानसहित गृह हुनेछन् भने मन्त्री बनिसकेका डीपी अर्याललाई श्रम मन्त्रालय नै दिने तयारी छ । शिक्षा र युवा तथा खेलकुदमा रास्वपाले कसलाई पठाउँछ टुंग्याउन बाँकी छ । 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update