तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध
मंगलबार, पुस १०, २०८०
ब्राह्मण समाज पाल्पाको अध्यक्षमा पुनः नेपाल
मंगलबार, पुस १०, २०८०
ब्राह्मण समाज नेपाल पाल्पाको अध्यक्षमा पुनः धर्मचन्द्र नेपाल निर्विरोध निर्वाचित भएका छन् । समाजको १२ औं साधारणसभा तथा चौथौं अधिवेशनले नेपालाई अध्यक्षमा पुनः निर्विरोध चयन गरेको हो ।
सनातन गुठीले गर्यो ‘हनुमान पूजा’ सँगै वार्षिक साधारण सभा
मंगलबार, पुस १०, २०८०
सनातन धर्म सेवा समिति (गुठी) मेहल्धारा तानसेन पाल्पाले ‘हनुमान पूजा’ गरेको छ । गुठीले हरेक वर्ष हनुमान जयन्तीको अवसरमा इष्ट देवता भगवान श्रीरामचन्द्रका सेवक वीर हनुमानको पूजा अर्चना गर्ने गर्दछ । सोही अनुसार उसले विधिपूर्वक हनुमान पूजा गरेको हो ।
सिद्धबाबा सुरुङ निर्माणका लागि फेरि सडक बन्द गरिदैं
मंगलबार, पुस १०, २०८०
राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन फेरी सडक बन्द गर्न लागिएको छ । निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द गर्न लागिएको हो ।
आज योमरी पुन्ही र उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
मंगलबार, पुस १०, २०८०
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज देशभर मनाइँदैछ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
सोमबार, पुस ९, २०८०
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
पुस १६ देखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द हुने
सोमबार, पुस ९, २०८०
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सुरुङ मार्गको कामलाई तीव्रता दिन उक्त सडक खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको हो ।
आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा
सोमबार, पुस ९, २०८०
नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
आइतबार, पुस ८, २०८०
लुम्बिनी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ । सरकार गठन भएको ८ महिनापछि आइतबार मन्त्रिपरिषद् विस्तार भएको हो ।
रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
आइतबार, पुस ८, २०८०
प्रहरीले अवैध लागूऔषधसहित रुपन्देहीका विभिन्न स्थानबाट तीन जना पक्राउ गरेको छ । रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई र सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका हुन् ।
तानसेनमा क्रिसमसको रौनक
आइतबार, पुस ८, २०८०
पाल्पाको तानसेनमा क्रिसमसको रौनक छाएको छ । यस वर्ष सोमबार परेको क्रिसमस डे पर्वको अवसर पारेर यहाँका चर्चहरुमा रौनक छाएको हो । क्रिसमस डे पर्वको अवसर पारेर तानसेनमा रहेका इसाई धर्मावलम्बीले शनिबार खुसियाली मनाउँदै र्याली निकालेका छन् ।
पाल्पामा महिलाको पाठेघर र स्तन क्यान्सरको शिविर , दुई सय बढीले लिए सेवा
शनिबार, पुस ७, २०८०
पाल्पा लायन्स क्लवको आयोजना, नेपाल अष्ट्रेलियन राजदुतावास, नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसनको सहयोगमा पाल्पाको तानसेन र रामपुरको जब्गादीमा एक दिने निःशुल्क महिलाको पाठेघर मुख र स्तन क्यान्सरको शिविर सञ्चालन गरिएको छ ।
निस्दीको एक घरमा आगलागी : ९ महिने बालिकाको मृत्यु, भैसी र बाख्रा समेत जले
शनिबार, पुस ७, २०८०
जिल्लाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ् गाउँको एक घरमा शनिबार आगलागी हुँदा ९ महिने बालिकाको मृत्यु भएको छ । श्याम बहादुर पल्लीको माटो ढुङ्गाले बनेको फुसले छाएको एकतले कच्ची घरमा आगलागी हुँदा घरमा सुुतिरहेकी बालिकाको ज्यान गएको हो ।


