Shittalpati
पाल्पा आँखा अस्पतालमा हुन थाल्यो फेको मेसिनबाट आँखाको अप्रेसन 

पाल्पा, लायन्स लाकोल आँखा अस्पताल पाल्पाले मोतीबिन्दुका विरामीहरुको अत्याधुनिक  मेसिन फेकोबाट (अप्रेसन) शल्यक्रिया सेवा सञ्चालन गरेको छ । अस्पतालले बिहीबारदेखि आधुनिक  प्रविधि फेको मेसिनबाट आँखाको अप्रेसन सेवा सुरु गरेको हो ।

आधुनिक ढंगले शल्यक्रिया गर्दा धेरै चिरफार गर्न नपर्ने, सरल र सहज हुने अस्पतालका डाक्टर सुचेन कुमार पुनले बताए । आँखाको अप्रेसन गर्नुपर्ने विरामीहरुलाई मध्यनजर गरी फेको मेसिन ल्याइएको डा. पुनले जानकारी दिए । उनका अनुसार उक्त प्रविधिको मेसिनबाट आँखा भित्र सरसफाई गरी सरल ढंगले  छिटो छरितो शल्यक्रिया गर्न सकिन्छ । अस्पतालमा आधुनिक मेसिन ल्याएसँगै आँखाका बरामीहरुलाई भैरहवा, काठमाडौं, पोखरा धाउनु नपर्ने डा.पुनले बताए ।

नेपाल नेत्रज्योति संघका कार्यवाहक  सभापति भिमसेन कार्कीले आँखाका बिरामीहरुको माग अनुसार आधुनिक मेसिन खरिद गरी सेवा लिन दिन थालिएको बताए  । उनले आँखा अस्पतालले पाल्पा लगायत  गुल्मी, अर्घाखाँचीमा समेत शल्यक्रिया सेवा दिदै आएको जानकारी दिए ।

अस्पतालले प्रथम पटक मेसिनबाट शल्यक्रिया गरेका बिरामीहरुलाई हर्लिक्स र विस्कुट समेत दिएको संघका सचिव राजेन्द्र  लिगल बताए । शल्यक्रियापछि  विरामी बगनासकालीका कमल प्रताप खाँण ठकुरीले जिल्लामै आधुनिक मेसिनबाट अप्रेसन गर्न पाएकोमा खुसी व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update