Shittalpati
एमाले मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौँ, नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएको हो । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update