Shittalpati
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
हतियार प्रहारबाट युवक घाइते
हतियार प्रहारबाट युवक घाइते बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । 
नेपालमा टिकटक माथि प्रतिवन्ध लगाउँने निर्णय
नेपालमा टिकटक माथि प्रतिवन्ध लगाउँने निर्णय वर्तमान सरकारले चर्चित र वहुप्रयोगमा आएको सामाजिक सन्जाल टिकटकलाई प्रतिवन्ध लगाउँने निर्णय गरे संगै सर्वत्र विरोध शुरु भएको छ ।
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी गुल्मीका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी जिल्ला सदरमुुकाम तम्घास, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।
बीस रुपैयाँको विवादमा महिलाको हत्या
बीस रुपैयाँको विवादमा महिलाको हत्या अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका–९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।
पाल्पाका सनिल पोर्चुगलका लागि राजदूतमा सिफारिस
पाल्पाका सनिल पोर्चुगलका लागि राजदूतमा सिफारिस सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा पाल्पाको माथागढी गाउँपालिका–१ चिदीपानीका सनिल नेपाललाई सिफारिस गरेको छ ।
तानसेनको टक्सारमा रोटी महोत्सव हुँदै  
तानसेनको टक्सारमा रोटी महोत्सव हुँदै   पाल्पाको तानसेन नगरपालिका–३ टक्सार टोलमा रोटी महोत्सव हुन लागेको छ ।   पाल्पा उद्योग वाणिज्य संघ र तानसेन नगरपालिका, वडा– ३ को मुख्य आयोजना तथा मैत्री क्लव तानसेनको सहयोगमा कार्तिक २४ र २५ गते ‘प्रथम रोटी महोत्सव – २०८०’ हुन लागेको हो । 
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढ्दै गएका बेला पाल्पाका केही स्थानीय सरकारले भने त्यसको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । तिहार पर्व नजिकिएसँगै बजारमा प्लाष्टिकका मालाले बजार लिन थालेपछि स्थानीयस्तरमा उत्पादित फूूलहरुले ठाउँ नपाउने भन्दै यहाँका स्थानीय सरकारले कृत्रिम मालाको प्रयोगमा निरुत्साहित गर्न सूचना नै प्रकाशन गरी प्लाष्टिकका मालामा...
आँधीखोलामा पुल बनेपछि चार जिल्लालाई सहज
आँधीखोलामा पुल बनेपछि चार जिल्लालाई सहज कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्ड अन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो ।
नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै
नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै नेकपा एकीकृत समाजवादी (एस)को पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुन लागेको छ । उसले आगामी माघ १४ देखि १८ गतेसम्म पहिलो राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । महाधिवेशन काठमाडौंमै हुने निश्चित भएको र त्यहीअनुसार गृहकार्य अघि बढेको पार्टी सपचवालयले जनाएको छ ।
पाल्पाको निस्दीमा टिपर दुर्घटना : एकको मृत्यु, तीन घाईते  
पाल्पाको निस्दीमा टिपर दुर्घटना : एकको मृत्यु, तीन घाईते   जिल्लाको निस्दी गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा टिपर दुर्घटना भएको छ । बुधबार विहान भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपरको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो ।
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ ।
Weather Update