Shittalpati
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित
राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै...
पाल्पामा बढ्दो ‘लम्पी स्किन’ : ७० गाईगोरू मरे, ८ सय संक्रमित
पाल्पामा बढ्दो ‘लम्पी स्किन’ : ७० गाईगोरू मरे, ८ सय संक्रमित पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । पहिलो पटक माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेको गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएर अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ । सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा
महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा रामपुरमा रहेको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रम अन्तर्गत विद्यार्थीबाट प्रतिव्यक्ति पाँच उठाएर सेनिटरी प्याड खरिद गरी वितरण गर्न थालिएपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको हो ।
स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा
स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा स्याङ्जाको कालीगण्डकी गाउँपालिका –७ मिर्मिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सह–आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा
दिदीबहिनी मृत फेला घटना : सातजना प्रहरी नियन्त्रणमा रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु
पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु जिल्लाको निस्दी गाउँपालिका–५ निस्दी खोलामा डुबेर एक बालिकाको मृत्युु भएको छ । पौडी खेल्ने क्रममा अचनाक पानीमा डुवी झिरुवासका बेदबहादुर सोतीको ७ वर्षीया छोरी उस्मी सोतीको मृत्युु भएको हो ।
रैनादेवी छहराको भुवनपोखरीमा निःशुल्क प्रजनन् सम्बन्धी शिविर, २ सय ५० जनाले लिए सेवा
रैनादेवी छहराको भुवनपोखरीमा निःशुल्क प्रजनन् सम्बन्धी शिविर, २ सय ५० जनाले लिए सेवा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको भुवनपोखरी गोखुङ्गामा महिलाको प्रजनन् स्वास्थ्य शिविर सञ्ंचालन भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा भुवनपोखरीमा महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
तानसेनमा मिलिजुलीले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान
तानसेनमा मिलिजुलीले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान जिल्लाको तानसेन नगरपालिका–३ को सामाजिक क्षेत्रमा क्रियाशिल मिलिजुली टोलविकास संस्थाले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उसले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी वडाका ८० वर्ष भन्दा माथिका ५७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
पाल्पामा फैलिँदै ‘लम्पी स्किन’, धमाधम बिरामी हुँदै गाई गोरू
पाल्पामा फैलिँदै ‘लम्पी स्किन’, धमाधम बिरामी हुँदै गाई गोरू पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिदै गएको छ । सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोग पछिल्लो केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’ नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे  ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’ नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे  ।
Weather Update