Shittalpati
वन जोगाउन कस्सिए तानसेनका उपभोक्ता
वन जोगाउन कस्सिए तानसेनका उपभोक्ता गर्मी महिनाको आगमनसँगै तानसेनका उपभोक्ताहरु आगलागी रोकथामका लागि वन सरसफाइमा जुटेका छन् । उनीहरूले सामुदायिक वन क्षेत्रभित्र पलाएको झारपात, साना बिरुवा, हाँगाबिगा, पातपतिङ्गर सरसफाइ सुरु गरेका हुन् ।
आवधिक योजना निर्माण गर्दै लुम्बिनी प्रदेश सरकार
आवधिक योजना निर्माण गर्दै लुम्बिनी प्रदेश सरकार  लुम्बिनी प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको छ । प्रदेश सरकारको नयाँ संरचनामा पहिलोपटक निर्माण गरिएको आवधिक योजनाको समय सकिन लाग्दा प्रदेश सरकार योजना आयोगले दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको हो ।
आज विश्व पानी दिवस, नेपालमा पनि मनाइँदै
आज विश्व पानी दिवस, नेपालमा पनि मनाइँदै विश्व पानी दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु ,   दुईजना घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु , दुईजना घाइते मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन
देशभरका जिल्ला प्रशासनलाई गृहको निर्देशन गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई  निर्देशन जारी गरेको छ ।  शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै मन्त्रालयले निर्देशन जारी गरेको हो । 
गिरिजाप्रसाद कोइरालाको सम्झना
गिरिजाप्रसाद कोइरालाको सम्झना नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झाना गरिएको छ । उनको १४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाली काँग्रेस, त्यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले देशभर विभिन्न कार्यक्रम गरी सम्झना गरेका हुन् ।  
मोहन कन्याका विद्यार्थीलाई आत्मरक्षा तालिम
मोहन कन्याका विद्यार्थीलाई आत्मरक्षा तालिम पछिल्लो समय हिंसा, बलात्कार जस्ता अपराधिक गतिविधीहरु बढीरहेका बेला जिल्लाको तानसेनमा रहेको मोहन कन्या माविमा अध्ययनरत कन्या विद्यार्थीहरुलाई भने आत्मरक्षा तालिम दिइएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाको आयोजना र मोहन कन्या माविको समन्वयमा यहाँ अध्ययनरत ३४ जना छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको हो ।
भूमि आयोग पाल्पा २ बर्षे गतिविधि : ७ सय ४७ जनालाई लाल पुर्जा
भूमि आयोग पाल्पा २ बर्षे गतिविधि : ७ सय ४७ जनालाई लाल पुर्जा भूमि आयोग पाल्पाले २ बर्षको अवधिमा जिल्लामा गरेका काम तथा गतिविधिहरु सार्वजनिक गरेको छ । जिल्ला समितिले तानसेनमा पत्रकार सम्मेलन गरी काम तथा गतिविधिहरु सार्वजनिक गरेको हो ।   
‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु
‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द
रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
आज विश्व मुख स्वास्थ्य दिवस
आज विश्व मुख स्वास्थ्य दिवस आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।
Weather Update