Shittalpati
गिरिजाप्रसाद कोइरालाको सम्झना

पाल्पा, नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्झाना गरिएको छ । उनको १४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाली काँग्रेस, त्यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले देशभर विभिन्न कार्यक्रम गरी सम्झना गरेका हुन् ।  

उनीहरुले कोइरालाले देश र जनाताका लागि गरेको योगदानको चर्चा गर्दै सम्झिएका हुन् । १८ असार १९८१ मा जन्मेर चार पटक प्रधानमन्त्री भएका कोइरालाको ७ चैत २०६६ सालमा निधन भएको थियो । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई एक निर्भिक र निडर नेताका रूपमा लिने गरिन्छ । सशस्त्र द्वन्द्वमा लागेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन कोइरालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । विस २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफूअनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको आस्था घटेको थियो । त्यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले नै गरेका थिए ।

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफै मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएर पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए । पूर्वप्रधानमन्त्री कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरूप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । आन्दोलन सफल भएपछि उनी चौथोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधि सभाले विसं २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलड्ढारिक राजाका रुपमा ज्ञानेन्द्र शाहलाई सीमित गरेको थियो ।

नेता कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको सपना पूरा भएको थियो । नेता कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका  थिए । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट दुई सय ४० वर्षको इतिहास भएको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पु¥याएको योगदानको स्मरण गर्दै हरेक वर्ष चैत ७ गते स्मृति दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update