Shittalpati
आज विश्व मुख स्वास्थ्य दिवस

पाल्पा, आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ ।

शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ । पेटमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि सेवन गर्ने पनि मुखबाटै हो । तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन । हरेक वर्ष २० मार्चमा हामी विश्वलाई एकजुट भएर मुख सम्बन्धी रोगहरूको बोझ कम गर्न मद्दत गर्दे विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । यस दिनको उद्देश्य मुखको स्वास्थ्य सुरक्षित गर्न ज्ञान, उपकरण र आत्मविश्वासका साथ मानिसहरूलाई सशक्त बनाउनु हो ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update