Shittalpati
महरा हाजिरी जमानीमा छुुटे

पाल्पा, माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुुटेका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका उनको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको हो । 

शुुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको  बताइएको छ । सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको टोलीले पूर्वसभामुख महराको बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरेको हो ।

महरालाई गत सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ पुुर्‍याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो । सुनको अवैध तस्करी एवं नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो । महराका कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update