पाल्पामा गठबन्धनका पक्षमा जनता : उम्मेदवार
मंगलबार, कात्तिक १५, २०७९

निस्दीलाई कृषि र पशुुपालनको पकेट क्षेत्र बनाउन्छौं : आचार्य
मंगलबार, कात्तिक १५, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिकालाई कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । निस्दी गाउँपालिका वडा नं.६ अर्चलेका मतदाताहरुसँगको भेटघाट तथा अन्तक्र्रियाका क्रममा एमाले उम्मेदवार आचार्यले निस्दी कृषि र पशुपालनका क्षेत्रमा अब्बल रहेको भन्दै त्यसलाई पकेट...

अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि : पाण्डेय
मंगलबार, कात्तिक १५, २०७९
प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. २ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सोमप्रसाद पाण्डेयले अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका छन् । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका उनले रिब्दीकोटका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग अबको आफ्नो राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका हुन् ।

विकास र समृद्धिका लागि गठबन्धनलाई मत : घर्ती मगर
मंगलबार, कात्तिक १५, २०७९
प्रदेश सभा पाल्पा क्षेत्र नं. २ (२) वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तुलाराम घर्ती मगर बसन्तले विकास र समृद्धिका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । उनले रिब्दीकोट र तिनाउका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग देशको विकास र समृद्धि गठबन्धनबाट मात्रै सम्भव रहेकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुसँग आग्रह गरेका...

घर–घरमा गठबन्धनका उम्मेदवारहरुः भन्छन्,‘जनताका समस्या हाम्रो प्राथमिकता’
सोमबार, कात्तिक १४, २०७९
पाल्पामा उम्मेदवारहरूलाई यतिबेला मतदातासँग भोट माग्न भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै वाम– लोकतान्त्रिक गठबन्धन कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवाजदी, राष्ट्रिय जनमोर्चाका संघ र प्रदेशका उम्मेदवारसहित नेता तथा कार्यकर्ताहरू चुनावी एजेण्डा लिएर गाउँ, टोल बस्तीमा पुुगेका छन् ।

पूर्व उर्जा मन्त्री विष्टको क्षेत्रमा पोल नभएपछि हरियो रुखबाटै तानियो विजुलीको तार !
आइतबार, कात्तिक १३, २०७९
गुल्मीबाट पटक–पटक सांसद र मन्त्री भइसकेका गोकर्ण विष्टकै क्षेत्रमा हरियो रुखबाटै विजुलीको तार तानिएको छ । काठको पोल समेत नभए पछि इस्मा गाउँपालिका –२ बयस्कोटामा हरियो सालको रुखबाट विजुलीको तार टाँगिएको हो ।

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ
शनिबार, कात्तिक १२, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।

काँग्रेसको घोषणा पत्र : बालबालिकादेखि जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
शनिबार, कात्तिक १२, २०७९
नेपाली काँग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि काँग्रेसले ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धता’ नामक घोषणा पत्र सार्वजनिक गरेको हो ।

‘निर्वाचनपछि गठबन्धनको सरकार बन्छ’
शुक्रबार, कात्तिक ४, २०७९
गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि संघीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको उनले बताए ।

पाल्पामा चुनावी घरदैलो तीव्र
शुक्रबार, कात्तिक ४, २०७९
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यका लागि पाल्पाका राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी घरदैलोलाई तीव्रता दिएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन, नेकपा एमाले सहित साना दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताको घर घरमा पुगिरहेका छन् ।

गुल्मीको फोक्सिङ्गमा गठबन्धनका उम्मेदवारलाई मतदाताले थपिदिए उत्साह
मंगलबार, कात्तिक १, २०७९
‘गठबन्धनका कारण पनि लहर आएको छ, तपाईँहरू जित्नुपर्छ, तर जिते पछि किसान र गरीबका समस्याको सही पहिचान गर्नुहोला ।’ झट्ट सुन्दा सामान्य जस्तो लाग्ने तर, अत्यान्तै महत्वपूर्ण र मर्म छुने खालको यो भनाई कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्ग बलाल टोलका ७१ वर्षीय जेष्ठ किसान टीकाबहादुर बलालको हो ।

रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन
आइतबार, असोज ३०, २०७९
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अव्यवस्थित पार्किङ गरेका सवारीसाधनलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।