Shittalpati
गुल्मीको फोक्सिङ्गमा गठबन्धनका उम्मेदवारलाई मतदाताले थपिदिए उत्साह

गुल्मी (पुर्तिघाट), ‘गठबन्धनका कारण पनि लहर आएको छ, तपाईँहरू जित्नुपर्छ, तर जिते पछि किसान र गरीबका समस्याको सही पहिचान गर्नुहोला ।’ झट्ट सुन्दा सामान्य जस्तो लाग्ने तर, अत्यान्तै महत्वपूर्ण र मर्म छुने खालको यो भनाई कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ्ग बलाल टोलका ७१ वर्षीय जेष्ठ किसान टीकाबहादुर बलालको हो ।

उनले घर दैलोमा मतमाग्न पुगेका गठबन्धनतर्फका प्रतिनिधि सभा क्षेत्र १ का उम्मेदवार डा.चन्द्र भण्डारी र प्रदेश (क) का सुदर्शन बलाललाई थप उत्साह थपिदिएका छन् । उनले विजयीको आर्शिवाद दिदै यस क्षेत्रका किसान र गरिबहरुको क्षेत्रमा काम गर्न समेत आग्रह गरे । जोसिला जेष्ठ नागरिक बलाल पञ्चायती व्यवस्थाको विरोधमा किसानहरु माझ जनपक्षीय अगुवाई गरेको आरोपमा यातना दिए पछि २०२९ सालमा विस्थापित भई हिन्दुस्तानका विभिन्न ठाउँबाट पञ्चायत विरोधी गतिविधिमा लागेका थिए । ०४६ साल पछि प्रजातन्त्रको उदयपश्चात उनी नेपाल छिरे । अहिले उनी सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् । बलाल मात्र होइन फोक्सिङ्गका मतदाताहरुले यस पटक गठबन्धनका उम्मेदरवारहरुले जित्नुपर्ने बताएका छन् । पटक पटक एउटै व्यक्तिलाई जिताएर पठाए पनि यहाँको विकास हुुन नसकेको भन्दै उनीहरुले गठबन्धनका उम्मेदवारहरुको जित आफुुहरुले चाहेको बताए ।

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा प्रतिािधि सभा सदस्य डा. भण्डारीले जीवन भरी प्रजातन्त्र र लोकतन्त्र अनि जनजीविकालाई प्राथमिकतामा राखेर अगाडि बढेका टीकाबहादुर जस्ता आम जनताका हरेक समस्यालाई सम्बोधन गर्ने कामलाई पहिलो प्रथामिकता दिने बताए । प्रदेशसभाका प्रत्यासी तथा माओवादी केन्द्रका नेता सुदर्शन बलालले आफूहरूले चुनाव जितेपछि बन्ने गठबन्धनको सरकारले यो क्षेत्रको विकासमा मन दिएर लाग्ने प्रण गरे । जिल्ला समन्वय प्रमुख द्रोण खत्रीले जनताका दैनिक जसोका समसस्याहरूको पहिचान आवश्यक भएको औल्याए । नेपाली काँग्रेसका जिल्ला सचिव तथा युवा नेता जगदीश भट्टराईले गुल्मेलीको पहिलो प्राथमिकता नै गठबन्धनलाई विजयी गराउनु रहेको बताए । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले टीका बहादुर जस्ता किसान र हरेक जनताका समस्याहरूको पहिचान गरेर अगाडि बढ्ने कामलाई प्राथमिकता दिदै जाने बताए । जिल्ला समन्वय गुल्मीका उपप्रमुख तेजेन्द्र सलामीले देश भरी नै गठबन्धनका पक्षमा लहर आएको बताए । सूदुरपुर्व गुल्मीको कालीगण्डकीको फोक्सिङ्गमा ४ सय ७० घरधुरीका ३ हजार जनसंख्यामध्ये शिक्षित युवा तथा भूतपूर्व सेना र अगुवा कृषक महिला उद्यमीहरुको बाहुल्यता रहेको छ । यहाँ २ हजार मतदाता रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update