Shittalpati
पाल्पामा गठबन्धनका पक्षमा जनता : उम्मेदवार

पाल्पा, पाल्पामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । उनीहरुले मतदाताहरुको समस्या सुन्ने र आफ्ना एजेण्डका विषयमा प्रष्टसँग जनतालाई बुुझाउँदै हिडेका छन् । दुुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पाका गठबन्धन दलका उम्मेदवारहरुले साझा एजेण्डा बनाएर मतदाता समक्ष पुुगेका हुन् ।

पाल्पा क्षेत्र नं .१ मा गठबन्धनका साझा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका उपसभापति ज्ञानबहादुर गाहा, प्रदेश सभा क्षेत्र नं. १ (१) का उम्मेदवार श्यामकान्त खनाल, प्रदेश सभा क्षेत्र नं. १ (२) का उम्मेदवार शंकर खनाल, पाल्पा क्षेत्र नं .२ मा सत्ता गठबन्धनतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेय, प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर राना र प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार तुलाराम (बसन्त) घर्ती चुनावी साझा एजेण्डा लिएर मतदातासँग भोट माग्न गाउँ बस्तीमै छन् । उनीहरुले घरदैलोका क्रममा जनताहरुले थप उत्साह थपिदिएको बताएका छन् । मतदाताले गठबन्धन दलका उम्मेदवारलाई नै भोट दिने भन्दै आफुहरुलाई थप उत्साह जगाएको उम्मेदवारहरुको भनाई छ । उनीहरुले गाउँ–गाउँमा पुुग्दा जनता गठबन्धकै पक्षमा देखिएकाले आम निर्वाचन आफुुहरुले सहजै जित्ने बताएका छन् ।

प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोम प्रसाद पाण्डेयले निर्वाचनको मिति नजिकिदै जाँदा जनताहरु गठबन्धनको पक्षमा उभिएको बताए । उनले गठबन्धनका उम्मेदवारहरुले साझा एजेन्ड बनाएर गाउँ गाउँ पसेकाले जनताहरु एजेण्डाबाट प्रभावित हुँदै आफ्नो पक्षमा उत्रिएको बताए । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका उनले  रिब्दीकोट गाउँपालिकाको ठिमुरे, भैरवस्थानलगाएतका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग अबको आफ्नो राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएको पनि बताएका छन् । समृद्धिको लागि आर्थिक क्रान्तिसहित सुशासनको नयाँ अभियान चलाउनका लागि गठबन्धनका उम्मेदवारहरुलाई यस पटक मत दिन उम्मेदवार पाण्डेयले रिब्दीकोटका मतदाताहरुलाई आग्रह गरेका छन् । उनले रिब्दीकोटका जनतामा कृषि, पशुपालन लगाएतका क्षेत्रमा लगाव देखिएको भन्दै त्यसैको माध्यमबाट आर्थिक समृद्धि ल्याउने योजना आफुहरुको रहेको बताए । रिब्दीकोट सांस्कृतिक रुपमा पनि ऐतिहासिक महत्वको क्षेत्र भएकाले यहाँ रहेको भैरवस्थानलाई पर्यटकीय विकास गर्न आफु लागिपरेको समेत पाण्डेयले बताए । नेता पाण्डेयले भैरवस्थानका लागि प्रदेश, संघ र पुर्ननिर्माण प्राधिकरणमा समन्वय गरेर साढे ५ करोड बढी बजेट ल्याउन पहल गरेको समेत बताए । समृद्धिको लागी आर्थिक क्रान्तिसहित पर्यटनको नयाँ अभियान चलाउन रिब्दीकोटमा रहेको भैरव मन्दिरलाई थप विकास गर्नुपर्ने र त्यसका लागि आफुले योजना बनाएको उनले मतदातालाई सुनाए । पाण्डेयले पुरातत्व विभागमा पहल गरेर साढे ४ करोड बढी बजेट ल्याउन समन्वय गरेको भन्दै यहाँको पर्यटकिय विकासका लागि थप काम गर्ने योजना रहेको समेत बताए ।

प्रदेश सभा क्षेत्र नं. २ (१) का उम्मेदवार वीर बहादुर रानाले देशको विकास र समद्धि गठबन्ध दलले नै गर्न सक्ने बताएका छन् । मंगलबार बगनासकालीको चापपानीमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन र बराङ्दीमा मतदाताहरुसँगको भेटमा उनले यहाँको विकासलाई आफु हिजो पनि लागेको र भोलि पनि लाग्ने बताए । रानाले भनेका छन् ‘यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।’ ‘गाउँमा विकास आयो तर बसाइँसराइ रोकिएको छैन अब त्यसलाई रोक्न दीर्घकालीन योजना बनाइने छ’ उनले भने ।

गठबन्धन दलका संयोजक तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले लोकतन्त्रको संरक्षण र मुुलुुकको समृद्धिको लागि गठबन्धन आवश्यक रहेको बताए । नेपाली काँग्रेसका उपसभापति झपेन्द गैरे,नेपाली काँग्रेसका नेता कृष्ण बस्याल, यमलाल तिमिल्सिना, चिन्तामणी बस्याल, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेय,एकीकृत समाजवादी केन्द्रीय सदस्य अशोक कुमार शाही, माओवादी केन्द्रबाट कृष्ण भुसाल, एकीकृत समाजवादीका निम नारायण ढुङगाना लगायतले जित गठबन्धनको पक्षमा रहेको बताए ।

यस्तै प्रदेश सभा पाल्पा क्षेत्र नं. २ (२) का तुलाराम घर्ती मगर बसन्तले विकास र समृद्धिका लागि गठबन्धनलाई मत दिन आग्रह गरेका छन् । उनले रिब्दीकोट र तिनाउका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग देशको विकास र समृद्धि गठबन्धनबाट मात्रै सम्भव रहेकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदाताहरुसँग आग्रह गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले गठबन्धनले देशमा समृद्धि र विकासको काम गरेको बताए । घरदैलो कार्यक्रममा गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठ ,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेत्र प्रसाद पाण्डे , नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य यादव बहादुर रायमाझी ,राष्ट्रीय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी लागायतले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन सबैलाई आग्रह गरे ।

उता प्रतिनिभि सभा क्षेत्र नं १ का उम्मेदवार ज्ञानबहादुर गाहाले मतदाताको घरमा पुुग्दा आर्शिवाद पाएको बताएका छन् । उनले भने ‘हामी निरन्तर घरदैलो अभियानमै जुटेका छौ ,हाम्रो जित्ने आधार पनि जनताको आर्शिवाद नै हो ।’ १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार श्यामकान्त खनाल, १ (२) का उम्मेदवार शंकर खनाल पनि दैनिक घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीहरुसँगै नेपाली काँग्रेसका जिल्ला सचिव सन्तोष कुमार थापा, नेपाली काँग्रेसका क्षेत्रीय सभापति झमनराज मगर लगायतका नेताहरु पनि घरदैलोमा व्यस्त छन् । –न्यूज डेस्क

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update