Shittalpati
सूचना प्रविधि : प्रयोग, समस्या र प्रभाव

भोजराज भट्टराई

बैशाख १९ अर्थात् (मे २) राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICT Day-2025) देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको रूपमा मनाउन कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)ले देशभरका शाखामा सिर्जनशिल कार्यक्रम गर्‍यो । दिवसको अवसरमा क्यान महासंघले शुक्रबार देशभरका सबै शाखाबाट अन्तक्र्रियात्मक कार्यक्रम, प्रभात फेरी, रक्तदान, सूचना प्रविधिसम्बन्धी हाजिरीजवाफ, साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाएको छ । यस वर्ष बैशाख १८ गते परेको राष्ट्रिय सूचना तथा तथा सञ्चार प्रविधि दिवस–२०८२ सन्दर्भमा पारी यहाँ लेख प्रस्तुत गरिएको छ ।

विषयप्रवेश:
सूचना प्रविधि कम्प्युटर विज्ञानको एक शाखाहो, जसलाई प्रक्रिया, संरचना र विभिन्न प्रकारका डेटाको प्रशोधनको समग्र अध्ययनको रूपमा परिभाषित गर्न सकिन्छ । यसले मानिसको जीवनमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ । जस्तो कि प्रायः मानिसको हातमा आज मोवाइल छ । बढ्दो मोवाइल प्रयोगले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आफ्ना दैनिकी सहज भएको छ । स्मार्टफोन अनि त्यसमा प्रयोग हुने उपयोगी एपहरूले हाम्रो जीवनशैली सहज बनाएका छन् । अनलाइन पेमेन्ट, अनलाइन आवेदन फर्म, अनलाइन रिजल्ट, अनलाइन जव, अनलाइन रिजर्भ, अनलाइन सपिङ्ग, अनलाइन मिटिङ/कन्फेन्र्स, अनलाइन कोर्स स्टडी लगायतका विभिन्न अनलाइन सिस्टमका विजनेसहरू दिनप्रतिदिन बढिरहेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार करिब ७४ लाख नेपालीहरूले मोवाइल बैंकिङ्ग सेवा र साढे १२ लाखले इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गर्दछन् । तथापि विश्व बैंकले सन् २०२५ मा प्रकाशित गरेको तथ्याङ्क अनुसार ६५ प्रतिशत नेपालीहरूको मात्रै बैंकमा खाता छ । इन्टरनेट, कम्प्युटर र मोवाइलको प्रयोग पछिल्लो समयमा जति हामी अति आवश्यक ठानिरहेका छौं त्यतिकै गतिमा सूचना प्रविधिका नया“–नया“ कार्यक्रम र सफ्टवेयर विकास भइरहेका छन् । यस्तो अवस्थामा इ–सेवा, खल्ती, स्पारो एसएमएस, डिजिटल वालेटजस्ता डिजिटल भुक्तानी प्रणालीले बैंकिङ्ग पहुँच बाहिर रहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याउन र वित्तिय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । डिजिटल रूपमा पात्रो हेर्ने, समाचार सुन्ने÷पढ्ने, बजारदेखि सरसमान खरिद गर्ने, विदेशबाट पैसा पठाउने–पाउनेदेखि आफन्तहरूस“ग भलाकुसारी गर्न सामाजिक सञ्जालले सहयोग पुर्‍याएको पाइन्छ । यी सबै कुराको श्रेय मोवाइल र इन्टरनेटको विकसित प्रविधिलाई जान्छ । स्मार्ट मोवाइलको व्यापक प्रयोगस“गै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू दैनिकजसो बढिरहेका छन् ।

अचेल हामीलाई अत्याधिक इन्टरनेट, मोबाइल, Þवाट्स एप, टिकटक, फेसबुक बिनाको जीवनशैली अपुरो, अधुरो र असभ्य लाग्न थालिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सञ्चारमाध्यमबाट सार्वजनिक गरेको नया“ तथ्याङ्क अनुसार नेपालमा मोवाइल सेवाको पहुच १३२ प्रतिशत भन्दा ज्यादा छ र ७१ प्रतिशत जनसंख्याले तीब्र गतिको ब्रोडव्याण्ड इन्टरनेट सेवा प्रयोग गर्दछन् । मोवाइलको प्रयोगबाट सामाजिक सञ्जाल सञ्चालन गरी सरकारी र गैर सरकारी क्षेत्रमा सूचना प्रविधिको व्यापीकरण गर्दै सेवाग्राहीलाई लाभ दिन प्रभावकारी हुने भए पनि पछिल्लो समय सामाजिक सञ्जाल अव्यवस्थित बन्दै गएको छ । विश्वव्यापी रूपमा सूचना प्रविधि संसारका धेरै देशहरूको आर्थिक विकासको प्रमुख तत्व मानिन्छ ।

बढ्दै सामाजिक सञ्जालको प्रयोग
सामाजिक सञ्जालको शक्ति वर्तमान समयमा फराकिलो हुँदै गइरहेको छ । अहिले प्रयोगमा आइरहेका सोसल मिडियामा फेसबुक, युटयुब, इन्ट्राग्राम, एक्स, ह्वाट्सअप, आदि प्रमुख हुन । यी सामाजिक सञ्जालको विश्वसनियता र लोकप्रियता बढ्दै गइरहेको छ । व्यक्ति र राज्यलाई आदेश, उपदेश, सकरात्मक र नकरात्मक पक्षमा पनि सामाजिक सञ्जालले दिशानिर्देश गरिरहेको पाइन्छ ।

घरजम बसाल्नेदेखि सम्बन्धविच्छेद, जन्मदेखि मृत्यु संस्कारसम्मका कायमहरूको अभिलेखका काम पनि सामाजिक सञ्जालको सहयोबाट भएको पाइन्छ । सामाजिक सञ्जालको प्रयोग फेक आइडी खोल्न, गालीगलौज गर्न, अश्लील शब्द प्रयोग गर्न, चरित्र हत्या गर्नको लागि सञ्चालनमा ल्याइएको होइन तर त्यही नहुनुपर्ने भइरहेको छ । यद्यपि फेसबुक, ट्वीटर, ब्लग, अनलाइन पोर्टको दुरुपयोग अचेल बढी छ । फेसबुक (मेटा)को तथ्याङ्क अनुसार अहिले नेपालमा लगभग १ करोड ५० लाख फेसबुक प्रयोगकर्ता छन् । जानकारी सेयरिङका लागि फेसबुक प्रभावकारी माध्यम भएको छ । यस्तैगरी आ.व. २०८०/०८१ को मंसिरमा दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा कूल जनसंख्याको ७४ प्रतिशत इन्टरनेट चलाउन्छन् । यो प्रतिशत हालको अवस्थासम्म आइपुग्दा बढ्दो क्रममा छ ।

सूचना प्रविधि : प्रभाव र समस्या
पछिल्लो एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाज धेरै हदसम्म सु–सूचित र जानकार भइसकेको छ । सञ्चार क्षेत्रमा आमजनताको पहुँच जबर्जस्त स्थापित हुन पुग्नु पनि यसको सकरात्मक पक्ष नै हो । आधुनिक युगमा सञ्चार समाजको महत्वपूर्ण स्तभ बन्दै गएको छ । सूचना प्रविधिका अन्य क्षेत्रमा सदुपयोग र प्रभावकारिता बलियो रहे पनि सामाजिक सञ्जालले निम्त्याएका विसंगतिलाई रोक्न जरुरी छ भन्ने ठानेर २०८१ सूचना प्रविधि सम्बन्धी विधेयक आएको छ । हालको सरकारको यो विधेयकले सूचना प्रविधि विधेयक–२०७५ लाई विद्युतीय कारोबार ऐन २०६३ लाई विस्थापित गर्नेछ । हाल सरकारले पारित गरेको सूचना प्रविधि विद्युतिय सूचनाको स्वरूपमा रहेका वैयक्तिक सूचनाको गोपनियता भङ्ग गर्न नहुने, सूचना सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, डाटा केन्द्र तथा क्लाइड सेवा सञ्चालन गर्न इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ ।

नेपालमा लोकप्रिय फेसबुक, ट्वीटर, युट्युव, भाइबर, स्काइपजस्ता सामाजिक सञ्जाल दर्ता भएर मात्रै सञ्चालन हुनुपर्ने नियम बनाइएको छ । सरकारले नेपाललाई सूचना प्रविधिको उपयोगको थलो मात्र नबनाई आम्दानीको श्रोत बढाउने अवसरका रूपमा लिन यस्तो कदम अगाडि सारेको बेला–बेलामा विभिन्न माध्यमबाट सञ्चारमाध्यमलाई जानकारी दिदै आएको छ । सामाजिक सञ्जाल नेपालमा दर्ता गरी चल्नुपर्ने कानुनी प्रावधान हुँदै गर्दा पनि त्यसको कार्यान्वयन पक्ष प्रभावकारी हुन सकेको छैन । सरकारले भनेजस्तो फेसबुक, ठ्वीटरजस्ता कम्पनीलाई नेपालमा दर्ता प्रक्रियामा सामेल गराउन भने त्यति सजिलो छैन । 

बहुप्रतिष्ठित सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव लगायतको कम्पनीका लागि नेपाल निकै सानो बजार हो । ती कम्पनीले अहिले नेपालमा विना कानूनी प्रक्रियाबाट अर्वौ रुपैंया नेपालबाट लगिरहेका छन् । सजिलो गरी बिना कानुनी प्रक्रिया नाफा लिने लत परिसकेका त्यस्ता कम्पनीले नेपालमा यति छिट्टै कार्यालय खोल्न र नेपाल सरकारले भने जस्तो गरी दर्ता प्रक्रियामा सामेल हुन चाह“दैनन् । यदि सामेल भइहाले या कार्यालय खोले भने राज्यका लागि राजश्व संकलनका लागि राम्रो माध्मम बन्ने थियो र सरकाले अगाडि सारेको समृद्धिको नारा पूरा गर्ने राम्रो अवसर हुने थियो । यसबाट एकार्फ सूचना प्रविधि क्षेत्रमा हुने कारोबार व्यवस्थित हुने थियो भने अर्कोतर्फ सूचना प्रविधिको दुरुपयोग गर्नेहरू र त्यस्ता प्रक्रियाबाट हुने साइबर अपराध न्यूनीकरणका लागि कारवाही प्रक्रिया छिटो हुने थियो । विभिन्न राष्ट्रमा उपयुक्त कानुनी उपायद्वारा यस्ता खाले झूठा प्रचार, गलत विज्ञापन र सूचना प्रवाहलाई उचित ढङ्गको नियन्त्रण र सही सूचना प्रणालीलाई नियमन गरेको देखिए पनि नेपालमा यसको कडाइका साथ कार्यान्वयन हुन सकेको छैन ।

निष्कर्ष :
विगतको समयलाई नियाल्दा वर्तमान समयमा अनलाइन सञ्चारको प्रभाव बढी छ । यसको प्रयोगबाट सामाजिक, सांस्कृतिक, आर्थिक परिवर्तनमा धेरै काम भएका छन् । अर्कोतर्फ यसमा भइरहेका विकाससँगै सूचनाको विश्वसनियता र तटस्थामानि पनि उत्तिकै प्रश्नहरू उठिनै रहेका छन् । यसर्थ नेपाली राष्ट्रियतासग जोडिएका विषयमा उजुरी गर्ने स्थानका लागि पनि सामाजिक सञ्जाल तथा युट्युव च्यानल सञ्चालनको कार्यालय नेपालमा हुनु आवश्यक छ । यसका लागि सरकारले साँच्चिकै सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने र त्यस्ता कम्पनीलाई नेपालमा ल्याउनको लागि उनीहरूलाई सहज वातावरण बनाउन जरुरी छ । यदि उनीहरू दर्ता हुन आए भने सामाजिक सञ्जालाई अभिलेखिकरण र व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट हुनैपर्दछ ।

सूचनाको हकको कुरा संविधानको धारा २७ मा व्यवस्था भएपनि अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा त्यहाँ केही त्रुटी देखिएका छन् । देश संघ, प्रदेश, स्थानीय संरचनामा गइसकेकको अवस्थामा प्रादेशिक, स्थानीय सूचना आयोग संविधानमा उल्लेख नगरिनु, संविधानमा सूचना हकका सन्दर्भमा नेपाली नागरिकलाई मात्र उल्लेख गरिनु ती त्रुटी मध्येका केही प्रतिनिधि उदाहरण हुन् । सामाजिक सञ्जाललाई मर्यादित बनाउन सूचना प्रविधि व्यवसाय, साइबर सुरक्षा, मोवाइल बैंकिङ, डाटा सुरक्षा, साइबर हमला, साइबर अपराध र साइबर आतंकलाई नियन्त्रण र नियमन गर्ने प्रावधानहरू संविधानमा संशोधन गरी राखिनु आवश्यक देखिन्छ । विकसित देशहरूको सफलताको प्रभावकारी आधार भनेको सूचना प्रविधिको अधिकतम र व्यवस्थित प्रयोग हो । हामी कहा“ प्रविधिको पहुच पुगेको भए पनि यसको उपयोगीताबारे पर्याप्त प्रशिक्षण पुगेको छैन । प्रयोगकर्ताहरूलाई यसबाट के कस्तो लाभ लिन सकिन्छ भन्ने विषयमा प्रसस्त जानकारी पुग्न सकेको छैन । त्यसैले संघ, प्रदेश हुदै स्थानीय सरकारले प्रविधिको अधिकतम र व्यवस्थित प्रयोगका लागि विज्ञहरूको राय अनुसार दीर्घकालिन गुरूयोजना बनाएर अगाडि बढ्न सकेको खण्डमा हाम्रो दैनिक अझ प्रविधिमय र स्मार्ट बनाउन सकिनेछ । अस्तु ।।

सन्दर्भ स्रोत :
– सञ्चार तथा सूचना सूचना प्रविधिको मन्त्रालयको वेवसाइट ।
– केसी रामचन्द्र, २०८१ सामाजिक सञ्जालको प्रयोग र प्रभाव, काठमाडौं ।
– क्यान महासंघ, नेपालका वार्षिक बुलेटिनहरू र प्रकाशित सन्दर्भ लेखहरू ।
– लिभिङ विथ आइसिटी २०७५ मा प्रकाशित विभिन्न अंकहरू ।
– कान्तिपुर, गोरखापत्र र समाचारपत्र दैनिकका २०८१ मा प्रकाशित विभिन्न अंकहरू ।
– सञ्चारसम्बद्ध विभिन्न वेव साइट
(लेखक क्यान महासंघ लुम्बिनी प्रदेश, नेपालका पूर्व सह–सचिव समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update