Shittalpati
निस्दीलाई कृषि र पशुुपालनको पकेट क्षेत्र बनाउन्छौं : आचार्य

पाल्पा, नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिकालाई कृषि र पशुपालनको पकेट क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । निस्दी गाउँपालिका वडा नं.६ अर्चलेका मतदाताहरुसँगको भेटघाट तथा अन्तक्र्रियाका क्रममा एमाले उम्मेदवार आचार्यले निस्दी कृषि र पशुपालनका क्षेत्रमा अब्बल रहेको भन्दै त्यसलाई पकेट क्षेत्रको रुपमा विकास गर्ने गरी आफुले काम गर्ने बताएका छन् ।

उनले दालचिनी, अम्रिसो तथा गेडागुडीको पकेट क्षेत्रको रुपमा अर्चले क्षेत्रलाई विकास गर्ने बताए । आचार्यले निस्दीमा सहज यातायात सुविधा, सूचना तथा सञ्चारमा हरेक नागरिकको पहुँच, उज्यालो निस्दी लगायतका जनताको दैनिकीसँग जोडिएका विषयहरुलाई तत्काल सम्बोधन गर्ने समेत बताए । पाल्पा १ (१)का प्रदेशसभा सदस्य उम्मेदवार राजुप्रसाद श्रेष्ठले “रामपुर निस्दी हुँदै गैडाकोट सडकको स्तरोन्नती, सबै ठाउँमा नेपाल टेलिकमको टावर सुविधा र इन्टरनेट सहजता, घरघरमा केन्द्रीय प्रसारणको बिजुली जडानको काममा आफु निरन्तर लागिपरेकोे बताए । पाल्पा १(२)का प्रदेशसभा सदस्य उम्मेदवार खेम बहादुर सारुले रम्भा गाउँपालिका–२ फोक्सिङकोटका विभिन्न टोलहरुमा पुगि मतदाताहरुसँग भेटघाट गरिरहेका छन् । उनले फोक्सिङकोटलाई व्यसायिक बाख्रा पालन, घरेलु मदिरा ब्राण्डिङको लागि पहल गर्ने बताएका छन् ।

यस्तै पाल्पा क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य उम्मेदवार ओम बहादुर घर्तिमगर पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ६ जुठापौवामा घरदैलो तथा भेटघाटमा व्यस्त छन् । एमाले उम्मेदवार गैरेले आफू यस क्षेत्रका नागरिकहरुका समस्याहरु प्रति पहिल्यैदेखि जानकार रहेको र पहिलो पटक मत माग्दै आएको बताउँदै जनताले विश्वास गरि मत दिई आफूलाई सेवा गर्ने मौका दिने विश्वास व्यक्त गरे । जुठापौवा क्षेत्रमा संञ्चारको अवस्था दयनिय रहेकाले सबै क्षेत्रमा नेपाल टेलकम, ऐनसेल जस्ता मोवाईल नेटवर्कले टिप्ने गरी ठाउँ ठाउँमा मोवाईल टावर निर्माणमा प्राथमिकता दिएर काम गर्ने एमाले उम्मेदवार गैरे जनता समक्ष प्रतिवद्धता व्यक्त गरेका छन् । प्रदेश सभा सदस्य उम्मेदवार घर्तीले जुठापौवाका हरेक वडाहरुमा बाह्रै महिना गाडी चल्न सक्ने बनाउने, यहाँका नागरिकलाई सहज स्वास्थ्य उपलब्ध गराउनेमा आफू कस्एिर लाग्ने बताए । पाल्पा २ (१)का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराई पनि निर्वाचन क्षेत्र अन्र्तगतका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुसँग भेटघाट तथा अन्र्तक्रिया गरिहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update