Shittalpati
अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि : पाण्डेय

पाल्पा, प्रतिनिधि सभा पाल्पा क्षेत्र नं. २ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सोमप्रसाद पाण्डेयले अबको राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका छन् । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका उनले रिब्दीकोटका विभिन्न गाउँ टोलमा पुुगेर मतदातासँग अबको आफ्नो राजनीतिक यात्रा आर्थिक क्रान्ति र जनताको समृद्धि रहेको बताएका हुन् ।

समृद्धिको लागि आर्थिक क्रान्तिसहित सुशासनको नयाँ अभियान चलाउनका लागि गठबन्धनका उम्मेदवारहरुलाई यस पटक मत दिन उम्मेदवार पाण्डेयले रिब्दीकोटका मतदाताहरुलाई आग्रह गरेका छन् । उनले रिब्दीकोटका जनतामा कृषि, पशुपालन लगाएतका क्षेत्रमा लगाव देखिएको भन्दै त्यसैको माध्यमबाट आर्थिक समृद्धि ल्याउने योजना आफुहरुको रहेको बताए । रिब्दीकोट सांस्कृतिक रुपमा पनि ऐतिहासिक महत्वको क्षेत्र भएकाले यहाँ रहेको भैरवस्थानलाई पर्यटकीय विकास गर्न आफु लागिपरेको समेत पाण्डेयले बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update