किसानलाई पशु बिमा गर्न कठिन
बुधबार, चैत ७, २०८०

परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीका कृषक
आइतबार, चैत ४, २०८०
गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् ।

अठार वर्षपछि विदेशबाट फर्केर व्यवसायिक बाख्रापालन
शुक्रबार, चैत २, २०८०
स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ
बुधबार, फागुन ३०, २०८०
रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो ।

म्याग्दीका वन पाखामा फक्रँदै सिमल
शनिबार, फागुन २६, २०८०
‘म्याग्दी,गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल सम्झाउँछ । यतिखेर म्याग्दीको बेनी र वरपरका पाखा पखेरामा फक्रँदै गरेको सिमलको फूल देख्दा भने विछोडका हरेक पल बिर्सिएर मनै प्रफुल्ल हुन्छ ।

सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री
शनिबार, फागुन २६, २०८०
उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।

बसाइँसराइले उजाडिएको गाउँमा मौरीपालनमा रमाइरहेका पौडेल दम्पती
शनिबार, फागुन २६, २०८०
वरपरका छरछिमेकी बसाइँसराइ गरेर कोही चितवन, कोही गैँडाकोट त कोही पोखरा गएका छन् । दिनप्रति दिन गाउँ सुनसान बन्दै छ । गाउँमा भएका युवा दिनहुँ विदेश पलायन भइरहेका छन् । घरमा भएका छोरोछोरी पनि पढाइका लागि बजार झर्न थालेका छन् ।
1709616871.jpg)
वैदेशिक रोजगारीबाट फर्की झाडी फाडेर सुन्तला खेती
मंगलबार, फागुन २२, २०८०
बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तला खेती थालेका छन् । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन् ।

वर्षाले कामकाजमा निस्केकाहरु सकसमा, किसान भने हर्षित
सोमबार, फागुन २१, २०८०
यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलो पटक आइतबार विहानैदेखि पाल्पासहित देशका अधिकांस स्थानमा वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर बदली हुनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको भएको हो ।

कोदोबाट बिस्कुट उत्पादन, किसान भए उत्साहित
बुधबार, फागुन १६, २०८०
पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् ।

हल गोरु पाल्ने किसानलाई पाँच हजार
बिहीबार, फागुन १०, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रम अन्तर्गत किसानलाई पाँच हजार अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए ।

आजदेखि बुटवलमा प्राङ्गारिक कृषि मेला
बिहीबार, फागुन १०, २०८०
कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान गर्ने उद्देश्यले बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा (आज) बिहीबारदेखि बुटवलमण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुन लागेको छ ।