Shittalpati
कृषकलाई गोलासहित माहुरी उपहार
कृषकलाई गोलासहित माहुरी उपहार गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो ।
तरकारी खेतीबाटै करौडौंको मालिक
तरकारी खेतीबाटै करौडौंको मालिक सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८ सय बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
बाख्रापालनको व्यावसायीकरणमा जोड
बाख्रापालनको व्यावसायीकरणमा जोड बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ ।
व्यवसायिक मौरीपालनमा कृषक आकर्षित
व्यवसायिक मौरीपालनमा कृषक आकर्षित पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञान केन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको हो ।
गुल्मीमा मौरी व्यावसायीकरण योजना, आज मह दिवस मनाइदैं
गुल्मीमा मौरी व्यावसायीकरण योजना, आज मह दिवस मनाइदैं मौरी अनुशासित र कर्मशिल प्राणी हो । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने व्यवसाय मौरी पालन व्यवसाय हो । मौरीको संरक्षण गर्न मात्रै सकेमा यो व्यवसायबाट किसानको मुहार फेरिन सक्छ । पछिल्लो समय गुल्मी मुसिकोटका किसानहरु मौरीपालनमा आकर्षित हुँदै गएका छन् । थोरै धेरै मौरी पालनमा किसान...
सोमबार गुल्मीमा मह दिवस मनाइँदै
सोमबार गुल्मीमा मह दिवस मनाइँदै गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान संगठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए ।
उखु खेती प्रवर्द्धन गर्दै रामपुरका युवा
उखु खेती प्रवर्द्धन गर्दै रामपुरका युवा उखुु खेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए ।
बेमौसमी वर्षाले गहुँबालीमा क्षति
बेमौसमी वर्षाले गहुँबालीमा क्षति दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । बाली भिर्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए । उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना...
वर्षाले किसान उत्साहित
वर्षाले किसान उत्साहित हिउँद सकिनै लाग्दा परेको पानीले पाल्पा र गुल्मीका किसान उत्साहित भएका छन् । हिउँदमा पानी नपर्दा चिन्तित बनेका यहाँका किसान शुक्रबार र शनिबार परेको वर्षाले भने उत्साहित भएका हुन् । यो समयमा परेको पानीले मकै छर्ने र चैते धान रोप्ने तयारीमा रहेका किसानहरुलाई राहत मिलेको छ । गत असोज महिनामा...
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट जिल्लाको धुर्कोट गाउँपालिका –१ नयाँ गाउँमा रैथाने विउपलको प्रदर्शनी गरिएको छ । स्थानीयस्तरमा रैथाने विउपलको संरक्षण गर्ने उद्देश्यले त्यसको प्रदर्शनी गरिएको हो ।
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा
देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे ।
मौरीमा आत्मनिर्भर बन्दै मुसिकोट मालारानीका कृषक
मौरीमा आत्मनिर्भर बन्दै मुसिकोट मालारानीका कृषक मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आवद्ध छन् । समूहमा...
Weather Update