Shittalpati
छतमा पक्षीपालन गर्दै उमाकुमारी
छतमा पक्षीपालन गर्दै उमाकुमारी मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बनेका छन् । पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उनले तीन तला घर माथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन...
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग जिल्लाको मालिका गाउँपालिकाले स्थानीय आलुलाई ब्राडिङ्ग गरी बजारमा पठाउन थालेको छ । ‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको मालिकाको स्थानीय आलुको ब्राण्ड तथा प्याकेजिङ्ग गरी बजार पठाउन थालिएको हो ।
लम्पी स्किन बिरुद्ध खोप अभियान
लम्पी स्किन बिरुद्ध खोप अभियान जिल्लामा लम्पी स्किन भाईरस बिरुद्धको खोप अभियान सुरु गरिएको छ । पछिल्लो समयमा पशु चौपायमा संक्रमण बढ्दै  जान थालेपछि खोप अभियान सञ्चालन गरिएको हो । खोप अभियानको एक औपचारिक कार्यक्रम गरी शुुभारम्भ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले अभियानको शुभारम्भ गरेका हुन् ।
समयमै पानी नपर्दा रोपाइँमा ढिलाई
समयमै पानी नपर्दा रोपाइँमा ढिलाई समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिला भएको छ । साउन पहिलो साता सकिन लाग्दा पनि देशभर जम्मा ६८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धानको बीउ ठूलो भइसक्दा पर्याप्त पानी नपरेकाले ६८ प्रतिशत मात्र रोपाइँ भएको जनाएको छ ।
इन्टरनेटको सहायताबाट बंगुरपालन
इन्टरनेटको सहायताबाट बंगुरपालन पाल्पा रामपुर नगरपालिका–१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बंगुरका पाठापाठी हुर्काउने र विक्री गर्नेमा व्यतित भइरहेको छ । उनले बंगुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाएका छन् । पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उनले बंगुरपालन व्यवसाय रोजेका हुन् ।
ढोलीमारा किवीले हराभरा
ढोलीमारा किवीले हराभरा जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाको ढोलीमारा यति बेला किवीले हराभरा भएको छ । ७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पर्ने ढोलीमाराका बारीहरु यतिबेला किवीले हराभरा देख्न सकिन्छ । अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामूहिक रुपमा थालेको व्यवसायिक किवीबाट सफलता पाउन थालेका...
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना बुटवलले पाल्पा तथा गुल्मी जिल्लामा सञ्चालित उप आयोजना कार्यक्रमले दुध तथा पशु उत्पादनमा वृृद्धि भएको ठहर गरेको छ । आयोजना कार्यालय बुटवलले तानसेनमा गरेको समिक्षा कार्यक्रममा दुध तथा पशु उत्पादनमा वृद्धि भएको र वास्तविक कृषकहरु लाभान्वित भएको ठहर गरेको हो ।
परम्परागत बाली हराउँदै, बीउ पाउन मुस्किल
परम्परागत बाली हराउँदै, बीउ पाउन मुस्किल बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल...
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।
बाख्रापालनमा हौसिँदै रामपुरका महिला
बाख्रापालनमा हौसिँदै रामपुरका महिला करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो ।
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
मकै खेती छोडेर लिची
मकै खेती छोडेर लिची गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् । 
Weather Update