गुल्मीमा किसानलाई ‘मिल्क एनलाइजर’ मेसिन
शुक्रबार, असार २१, २०८१

भट्टराईको पहलमा छेर्लुङ्गका किसानलाई आँप र लिचीका बिरुवा
मंगलबार, असार १८, २०८१
सामाजिक, राजीतिक तथा व्यवसायिक व्यक्तित्व किशोर भट्टराईको पहलमा तानसेन नगरपालिका–१३ छेर्लुङ्ग र बौगागुुम्बाका किसानलाई आँप र लिचीका विरुवा वितरण गरिएको छ ।

किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण
सोमबार, असार १७, २०८१
जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो ।
-1719816272.jpg)
हराउँदै रोपाइँको मौलिकता, गुञ्जिनै छाडे ‘असारे भाका’
सोमबार, असार १७, २०८१
पाल्पा, छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।
यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गर्थे । रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिने यस्ता गीतका भाका हिजो आज भने विरलै सुुनिन्छन् ।
-(1)-1719815438.jpeg)
बुटवलमा दुध उत्पादन वृद्धि गर्न किसानलाई पाडी
सोमबार, असार १७, २०८१
बुटवलमा दूध उत्पादन वृद्धि गर्न किसानलाई पाडी वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाले पशुपालक किसानलाई पाडी वितरण गरेको हो ।
धान रोप्न किसान व्यस्त, जनप्रतिनिधी र कर्मचारी पनि पुगे रोपाइँमा
शनिबार, असार १५, २०८१
यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।

पाल्पामा किसान महासंघले मनायो धान दिवस
शनिबार, असार १५, २०८१
नेपाल किसान महासंघ पाल्पाले असार १५ अर्थात् धान दिवस मनाएको छ । महासंघले जिल्लाको रम्भा गाउँपालिका–१ साठी बजार, हुँगीमा रोपाइँ गरेर शनिबार २१ औं धान दिवस मनाइएको हो ।

आज असार पन्घ्र : धान दिवस
शनिबार, असार १५, २०८१
आज असारे पन्ध्र । यस दिन धान रोपाई गरी दही र चिउरा खाने चलन छ । सरकारले यस दिन धान दिवससमेत मनाउँदै आएको छ ।

खेतमा धान रोप्न सिक्दै विद्यार्थी
बुधबार, असार १२, २०८१
बुधबार तानसेनको प्रभास फाँटमा परिचयपत्र लगाएर विद्यार्थीदेखी पाका पुस्ताका महिला,पुरुषहरु खेतमा धान रोप्दै थिए । पहिलो पटक खेतमा पुगेका सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाका विद्यार्थीहरुलाई भने धान रोपाइँ अनौठो लाग्यो ।

पाल्पाका किसानलाई धान काट्ने चटारो
बुधबार, असार १२, २०८१
जिल्लाका फाँटहरुमा अहिले किसानलाई चैते धान काट्ने चटारो छ । मध्य असार लाग्नै लाग्दा पूर्वखोलाको जल्पा, रिङ्गनेरह र विरकोटका कोही किसानहरु खेतमा धमाधम धान काट्न तल्लीन छन् त कोही धानका भारी पिँठ्यूमा बोकेर खलामा लैजादै छन् ।

पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा
सोमबार, असार १०, २०८१
जिल्लाको पूर्वखोला गाउँपालिकाले कृषि र पशुुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले ‘गरौं व्यवसायिक कृषि , पशुपालन यसैबाट सुुरु हुन्छ पूर्वखोलाको समृद्धि’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि र पशुुपालनलाई उच्च प्राथमिकतामा राखेको हो ।
तानसेनमा तरकारीको जात्रा !
बिहीबार, असार ६, २०८१
विभिन्न समयमा गाइ जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, भगवती जात्रा निकालिने तानसेनमा बिहीबार भने तरकारी जात्रा निकालिएको छ । सडकमा तरकारी जात्रा निकालेको देखेपछि तानसेनवासी अचम्मित भएका छन् ।

पाल्पामा फौजी किराबाट मकै जोगाउन मुस्किल
बिहीबार, जेठ ३१, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दीका नारायण रानाले घर नजिकैको बारीमा मकै खेती गरेका छन् । तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो ।