Shittalpati
दाजुभाइको लोभलाग्दो कृषि कर्म
दाजुभाइको लोभलाग्दो कृषि कर्म नेपाली विषयमा डिग्री हासिल गरेका तानसेन –७ काजीपौवाका गम्बीरजंग रायमाझीसँग सरकारी जागिरको कुनै गुञ्जायस थिएन् । पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँथे । १६ वर्ष उमेरदेखि नै व्यवसायिक कृषिमा लागेका रायमाझीको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको...
लोपोन्मुख रैथाने ‘तिल्की’ धान  संरक्षण  गर्न  थालियो    
लोपोन्मुख रैथाने ‘तिल्की’ धान  संरक्षण  गर्न  थालियो     स्दाङमा रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको उक्त धान तुलसीपुर उपमहानगरपालिका–१८ स्थित विजौरीमा करिब दुई बिघा जग्गा भाडामा लिएर खेती सुरुवात गरिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भई प्राङ्गारिक खेतीअन्तर्गत तिल्की...
काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना
काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०–०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।
भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ
भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ भदौ १ गतेसम्म ९२ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ ।
कालीगण्डकीमा केरा खेतीलाई प्रोत्साहन : एक दिन केराका परिकार अनिवार्य
कालीगण्डकीमा केरा खेतीलाई प्रोत्साहन : एक दिन केराका परिकार अनिवार्य स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ । गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री
एकै वडाबाट ७ लाख ७३ हजारको अदुवा बिक्री बगनासकाली गाउँपालिका–७  खानीगाउँस्थित अलैची टोलकी मिना कनौजेले झण्डै डेढ रोपनी जग्गामा व्यावसायिक अदुवा खेती गरिरहेकी छन् । गत वर्ष मूल्य नपाउँदा पनि ३ क्विन्टल  भन्दा बढी नयाँ अदुवा बिक्री गरी ८ हजार आम्दानी गरेकी उनले यस वर्ष करिब ७० किलो बूढी अदुवाबाट मात्रै ११ हजार २ सय कमाइन् ।
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास बाली नालीलाई बाँदरले मात्र होइन बदेलले पनि सखाप पार्ने गरेको छ । जंगलनजिकै खेतीबारी हुने किसानहरु दिनभरि बाँदर धपाउँछन् भने राति बदेल ढुकेर बस्छन् । पछिल्लो समय पाल्पा र गुल्मीका अधिकांस ठाउँका किसान दिनरात नभनी खेतबारीमै बास बस्न बाध्य छन् ।
स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै
स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान अहिले परम्परागतखेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
गुल्मीमा धान उत्पादन घट्दो, वार्षिक सात करोडको चामल आयात
गुल्मीमा धान उत्पादन घट्दो, वार्षिक सात करोडको चामल आयात सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा गुल्मीमा भने हरेक वर्ष धान उत्पादन घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यहाँ धान उत्पादन घट्दो रहेको हो ।  
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको भुक्तानी दिन पनि सञ्जालले माग गरेको छ ।
Weather Update