Shittalpati
तानसेनको दमकडामा कृषि मेला
तानसेनको दमकडामा कृषि मेला जिल्लाको तानसेन नगरपालिका –९ मदनपोखरास्थित दमकडाको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी भएको छ । कृषि उत्पादन बढाउन, कृषकलाई प्रविधिसँग जोडी उद्योगको रुपमा विकास गराउने अभिप्रायले एक दिने कृषि मेलाको आयोजना गरिएको हो ।
मकै र गहुँको सट्टा कफी खेती
मकै र गहुँको सट्टा कफी खेती अर्घाखाँचीको शितगंगा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् । कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् ।
कृषि उत्पादन बढाउन मेला
कृषि उत्पादन बढाउन मेला कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषिमेला आयोजना गरिने भएको छ । तानसेन नगरपालिका–९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको छ ।
तिनाउका किसानलाई मकै रोप्ने मेसिन
तिनाउका किसानलाई मकै रोप्ने मेसिन जिल्लाको तिनाउ गाउँपालिकाले किसानलाई मकै रोप्ने मेसिन निःशुल्क दिएको छ । पालिकाले मकै उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोगप्रति किसानलाई आकर्षित गर्न मेसिन दिएको हो । पछिल्लो समय मकैको माग अत्याधिक रहेपनि उत्पादन कम हुँदा उपभोक्ताले महँगो मूल्यमा मकै खरिद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी गाउँपालिकाले मेसिन वितरण गरेर आधुनिक प्रविधिको प्रयोगको...
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क संकलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ ।
रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत
रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो ।
पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा
पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो ।
पशु बधशाला सञ्चालनको तयारी
पशु बधशाला सञ्चालनको तयारी बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित
भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीत भण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो ।
बिचौलियाको मारमा सुन्तला कृषक
बिचौलियाको मारमा सुन्तला कृषक गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम एक सय छ । दानाको आकारका भरमा पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ । गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् ।
डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी
डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेका हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो ।
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा सुन्तला बिक्री भइरहेको उनले बताए ।
Weather Update