Shittalpati
ढोलीमारा किवीले हराभरा
ढोलीमारा किवीले हराभरा जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाको ढोलीमारा यति बेला किवीले हराभरा भएको छ । ७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पर्ने ढोलीमाराका बारीहरु यतिबेला किवीले हराभरा देख्न सकिन्छ । अहिले व्यावसायिक रुपमा किवी खेती थालिएपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामूहिक रुपमा थालेको व्यवसायिक किवीबाट सफलता पाउन थालेका...
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि
इनोभेसनको ठहर : दुध तथा पशु उत्पादनमा वृद्धि नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना बुटवलले पाल्पा तथा गुल्मी जिल्लामा सञ्चालित उप आयोजना कार्यक्रमले दुध तथा पशु उत्पादनमा वृृद्धि भएको ठहर गरेको छ । आयोजना कार्यालय बुटवलले तानसेनमा गरेको समिक्षा कार्यक्रममा दुध तथा पशु उत्पादनमा वृद्धि भएको र वास्तविक कृषकहरु लाभान्वित भएको ठहर गरेको हो ।
परम्परागत बाली हराउँदै, बीउ पाउन मुस्किल
परम्परागत बाली हराउँदै, बीउ पाउन मुस्किल बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल...
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।
बाख्रापालनमा हौसिँदै रामपुरका महिला
बाख्रापालनमा हौसिँदै रामपुरका महिला करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो ।
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता
गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याइएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
मकै खेती छोडेर लिची
मकै खेती छोडेर लिची गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् । 
प्रविधिले गोरू विस्थापित
प्रविधिले गोरू विस्थापित असार सुरू भएपछि खेतमा हलगोरू नारेर धान रोप्ने प्रचलन थियो । सबै जसो घर–घरमा कम्तीमा एक हल गोरू पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरूले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ । ट्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट...
रामपुर नगर सरकारले दियो कृषकलाई उन्नत घाँसको विरुवा
रामपुर नगर सरकारले दियो कृषकलाई उन्नत घाँसको विरुवा जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका कृषकलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । नगर सरकारले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्वन समूह र युवा समुहलाई  घाँसको विरुवा वितरण गरेको हो ।
लुम्बिनीमा ११ प्रतिशत रोपाइँ
लुम्बिनीमा ११ प्रतिशत रोपाइँ लुम्बिनी प्रदेशमा ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असारसम्म यहाँका १२ वटा जिल्लामा ११ प्रतिशत रोपाइँ भएको हो । वर्षा ढिलो भएका कारण यहाँका जिल्लाहरुमा अहिले रोपाइँ विगतका वर्षमा भन्दा कम भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ । 
रोपाइँ : सुनिनै छोडे असारे भाका, महत्व भने बढ्दै
रोपाइँ : सुनिनै छोडे असारे भाका, महत्व भने बढ्दै पाल्पामा असार १५ राष्ट्रिय धान मनाइए पनि असारमा गाइने मौलिक भाका भने कमै सुनिए । पहिले पहिले खेतीपातीको सुरुवातको काम नाचगानसहित उत्सवका साथ थालियो भने उब्जनी राम्रो हुने जनविश्वास थियो । त्यसैले पनि पहिले नाँचगानका साथ असारे गीत गाउँदै रोपाइँ गर्ने चलन थियो । तर, अहिले रोपाइँ गर्दा हिलोमा हिन्दी...
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिदैं
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिदैं गुल्मीका बाह्रै वटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रम अन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो । 
Weather Update